कलैया । बारामा रहेको सिमरा जेसिजको तेस्रो पदस्थापन तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
जेसिज वर्ष २०२२ का लागि नेतृत्वमा चयन भएका अध्यक्ष सहित पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । आयोजित कार्यक्रमका बीच जेसिज वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारीसहित पदाधिकारीको पदस्थापन भएको हो । जेसिज वर्ष २०२१ का अध्यक्ष शालिकराम अधिकारीले नयाँ अध्यक्षलाई पदस्थापन र सपथ ग्रहण गराएका थिए । जेसिजको तेस्रो साधारणसभाबाट चयन गरिएको नेतृत्व बमोजिम अध्यक्ष अधिकारीले अन्य पदाधिकारी र विभिन्न विभागका संयोजक मनोनित गरेका थिए । जेसिजको प्रमुख कार्यकारिणी उपाध्यक्षमा बासुदेव अधिकारी र लक्की रिमाल चयन भएका छन् । यसैगरी उपाध्यक्षको जिम्मेवारी सुविता सुवेदी, अस्मिता शर्मा, सुशील पौडेल र सुयोग अधिकारीलाई दिइएको छ । यसैगरी जेसिज सिमराको अध्यक्ष सल्लाहकारमा हरिशरण अधिकारी, राजन उप्रेती, विनोद सापकोटा, देव श्रेष्ठ, दिलिप ढुंगेल र शेखर चौधरीलाई मनोनित गरिएको हो । यसअघि कार्यक्रमको उद्घाटन मधेस प्रदेशका प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले गरेका थिए । कार्यक्रममा जेसिजको अभियानमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । जेसिज वर्ष २०२१ का अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लक्ष्मण अधिकारीले गरेका थिए ।

