२०७८ माघ ११, मंगलवार ०८:०५

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अहिले पनि सबैकुरामा केन्द्रकै मुख ताक्नुपर्ने अवस्था रहेको भन्दै मधेश अझै पनि अधिकार सम्पन्न हुन नसकेको बताएका छन् ।

सोमबार जनकपुरधाम आइपुगेका अध्यक्ष ठाकुरले अगुवा नेता कार्यकर्ताहरुसित कुरागर्दै ८ जिल्लामा मात्रै मधेश सीमित नरहेको जिकिर गरे । मधेशी संस्कृति बोकेको पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण भू– भाग मधेश रहेको उनले दावी गरे । मधेश नामकरणबाट इतिहास रचिएको उल्लेख गर्दै ठाकुरले भने, मधेस ८ जिल्लामा मात्रै सीमित रहेको भनेर बुझ्नु भन्दा पनि यसलाई राज्यको पहिचानको रुपमा लिनुपर्छ । पूर्वदेखि पश्चिमसम्म मधेशी संस्कृति र जीवन पद्धति बोकेको सबै क्षेत्र मधेश रहेको बताउंदै उनले एक राज्यको रूपमा हामीले मान्यता प्राप्त गरेको स्पष्ट पारे । राष्ट्रका लागि भाषा र संस्कृतिमात्र पर्याप्त नभइ आफ्नो राज्य पनि जरूरी रहेको ठाकुरले बताए । कुनै पनि राष्ट्रको परिभाषा अनुसार भाषा र संस्कृतिमात्रै पर्याप्त नहुने भन्दै उनले पूर्णरूपमा राष्ट्र बन्न उसको आफ्नो राज्य पनि चाहिनेभएको र सो अनुसार मधेशले पहिचान पाएको उल्लेख गरे । राज्य प्राप्त गरे पनि स्वायत्तताको संघर्ष अझै पनि जारी रहेको उनले स्पष्ट गरे । अहिले पनि सबै अधिकार केन्द्रमै निहित रहेकोले बताउंदै उनले भने ,‘ अहिले पनि सबै अधिकार केन्द्रकै मातहतमा छ त्यसैले मधेशले स्वयत्तता भने पाउन सकेको छैन।’ स्वायत्त मधेस प्रदेश बनाउने सरकारसँग भएको हाम्रो सम्झौता अझै पूरा हुन नसकेकोले मधेशीहरुले पाउनु पर्ने अधिकारबाट अझै पनि वञ्चित रहेको बताउंदै स्वायत्तताको लडाइ जारी रहेको उनको कथन थियो ।

ठाकुरले भाषा र भेषभूषाको आधारमा हुने गरेको विभेद अझै पनि कायमै रहेको आरोप लगाउंदै मधेश र मधेशीहरुको एकजातीय शासक विरुद्ध सडक र सदनबाट संघर्ष जारी राख्नु पर्ने आवश्यकता रहेको बताए ।

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News