२०७८ माघ ११, मंगलवार ०८:२७

कलैया । हिन्दु मुस्लिम विच भएको झडपमा मृत्यु भएको राधेश्याम पटेलको क्षतिपूर्ति र उपचारखर्च सरोकारवाला संग माग गर्ने निर्णय गरिएको छ ।

सोमवार बसेको बैठकवाट कलैया उपमहानगरपालिका–२५ ईनरवारीमा कार्तिक २४ गते मुस्लिम र हिन्दु समुदाय बीच भएको झगडामा मृत्यू भएका पटेलको क्षतिपूर्ति र उपचारखर्च यथाशीघ्र उपलब्ध गराउन सरोकारवालासंग माग गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले क्षतिपूर्ति र शहिद घोषणा गर्नका लागि जिल्ला प्रशासनले सिफारिस गरेको भए पनि क्षतिपूर्तिको रकम नआएको हुँदा सो रकम चाडो भन्दा चाडो उलब्ध गराइ दिन गृह मन्त्रालयलाई आग्रह गरेको हो । ११ लाख २४ हजार २० रुपैया औषधि उपचार खर्च १० लाख क्षतिपूर्ति गरी २१ लाख २४ हजार २० रुपैयाँ जिल्ला प्रशासन कार्यालयले यो भन्दा अगाडि माग गरिसकेको छ । परिवारको रोजगारीको सन्दर्भ र दोषीहरुलाई पक्राउ गर्नका लागि आफू लागि परेको प्रमुख जिल्ला अधिकारी कटुवालले बैठकमा जानकारी दिए । बैठकमा प्रदेश साँसद बच्चा प्रसाद यादव, सहायक प्रजिअ शिवराज सेढाई, प्रहरी उपरीक्षक दिलिप सिँह देउवा, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, राष्ट्रिय अनुसन्धानका एसपी सन्तोष ढुङ्गेल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, जन निर्वाचित प्रतिनिधि, पत्रकार, मृतकका आफन्त, परिवारहरुको सहभागिता रहेको थियो । राधेश्यामको ५७ दिनपछि वीरगञ्जका एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा पुस २१ गते बेलुका करिब ६ बजे मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय नाजीर हुसैन ठकुराईलाई पक्राउ गरी अदालतमा पूर्पक्षका लागि वीरगञ्ज करागारमा पठाइएको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए । घटनामा फरार रहेका सफिमहम्द ठकुराई, लालबाबु ठकुराई, असमुल्लाह ठकुराई, गनिमियाँ ठकुराई, जाफर मिँया ठकुराई, नजमुल्लाह मिया ठकुराई र अफजल मियाँ ठकुराईलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिसकेको र चाडो भन्दा चाडो तिनीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन लागि परिरहेको प्रहरी उपरीक्षक देउवाले जानकारी दिए ।

Comment


Related News