कलैया । सिम्रौनगढका मेयर विजयशंकर यादव दुर्घटनामा मृत्यु भएका परिवारजनलाई आर्थिक सहयोग गरेका छन् ।
सोमबार राती जन्ती जाने क्रममा रथ पल्टिंदा चेपिएर दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको थियो । आदर्श कोतवाल गाउंपालिका–३ बतराका पीडित दुई परिवारलाई मेयर यादवले किरिया खर्च वापत २५÷२५ हजार रुपियाँ सहयोग गरेका हुन् । सोही दुर्घटनामा परी घाइते भएकाहरुको उपचार खर्च तथा मृतकका तथा घाइतेका परिवारजनलाई जीवन यापनमा यथाशक्य सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । सोही क्रममा नेपाली काँग्रेस आदर्श कोतवाल गाँउपालिकाका सभापति जवाहर प्रसाद साहले पनि मृतकका परिवारहरुलाई २५÷२५ हजार नगद सहयोग गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रमबीच पीडित परिवारहरुलाई सहयोग गरिएको छ । घटनाबारे मंगलबार जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सहित प्रहरी उपरीक्षक दिलिप सिंह देउवा, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, राष्ट्रिय अनुसन्धानका एसपी सन्तोष ढुंगेल, नेपाली सेनाका प्रमुख लगायतले घटना स्थलमा पुगी निरीक्षण गरेका थिए । स्थानीयहरुबाट घटनाका बारेमा जानकारी लिँदै प्रमुख जिल्ला अधिकारी कटुवालले मृतकको परिवारलाई धैर्य धारण गर्न एवम् घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कमना गर्दै दोषीलाई समातेर कारवाही प्रक्रिया अगाडि बढाउन प्रतिवद्धता व्यतm गरे ।
आदर्श कोतवाल गाँउपालिका–३ बतराका लक्षुमन महरा चमारको छोरा श्रीराम महरा चमारको करैयामाई गाँउपालिकाको सहजौली बिहेमा जना लागेको रंन्थको स्टेरिग फेल भई सोही ठाँउ बस्ने बनारसी रामको छोरी बर्ष १६ की निलम कुमारी राम र आफन्तको बिहेमा आएकी सिम्रौनगढ नगरपालिका–७ की वीरेन्द्र रामको श्रीमति २५ वर्षीया बाल कुमारी रामको रंथमा चेपिएर मृत्यू भएको थियो । सो दुर्घटनामा परी घाइते भएका सियारामको अवस्था नाजुक रहेको र उनको उपचार वीरगञ्जको न्यूरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । उनीसंगै अरबिन्द राम, आदित्य राम, जितेन्द्र राम, सागर राम, सरोज राम लगायतका घाइतेहरुको उपचार न्यूरो अस्पतालमा भइरहेको छ । त्यस्तै अन्य घाइतेहरु सुनिल यादव, श्याम राम, नैनबती देवी, सियापति देवी राम, सनझा कुमारी, सैलदेवी राम, सुभाष राम, मिना देवी रामको कलैयाको राजलक्ष्मी रिलिफ हस्पिटलमा उपचार भइरहेको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए ।

