२०७८ माघ १२, बुधबार ०७:५१

मलंगवा । सर्लाही प्रहरीले चोरी भएको एउटा मोटरसाईकल सवारी धनीको जिम्मा लगाएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरीको नेतृत्वमा खटेको प्रहरी टोलीले गत पुस २१ गते हरिवन नगरपालिका–८ चापिनीको भित्री सडकमा प्र.२–०३–०१० प. ८७३७ नम्बरको मोटरसाईकल फेला पारेको थियो । सो मोटरसाइकल सोमबार बिहान हरिवन नपा–गरपालिका–११ का वडाध्यक्ष शेष महबुब रेजाको रोहबरमा गाडी धनी सगरमाथा ईन्स्योरेन्स कम्पनी हरिवन शाखाका प्रमुखलाई हस्तान्तरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चोरले २२० सीसी क्षमताको रातो कालो रंगको पल्सर मोटरसाईकलको नम्बर फेरेर चलाउँदै आएको जबकी उक्त मोटरसाइकलको नम्बर भने बाग्मती प्र.०२–०२५प.४५६६ रहेको छ । यस अघि पनि इप्रका हरिवनले विभिन्न मितिमा चोरी भएपछि फेला पारेका ७ वटा मोटरसाईकलहरु सम्बन्धित गाडी धनीहरुलाई फिर्ता गरेको जिप्रका सर्लाहीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News