अपडेट 
२०७८ माघ १२, बुधबार ०७:५८

राजविराज । सप्तरीमा मंगलबार सम्ममा २ लाख ९४ हजार जनाले कोभिड–१९ विरुद्धको पहिलो डोज लगाएका छन् ।

जस मध्ये पूर्ण डोज लगाउनेको संख्या १ लाख ६ हजार ३ सय १६ रहेको छ । बाँकी रहेकाहरुलाई पनि दोश्रो मात्राको खोप लगाउने क्रम जारी रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । हाल सम्म कोभिशील्डको ६ हजार ९ सय ५५, भेरोसीलको ४५ हजार ९ सय ११ र जनसन एण्ड जनसनको पूर्ण डोज ३५ हजार २ सय ८४ जनाले लिइसकेको कार्यालयका प्रमुख दुनिया लाल यादवले बताए । यस्तै स्टाजेनिकको १७ हजार १ सय ६६ र फाईजरको १ हजार जनाले पूर्ण खोप लिइसकेका छन् । उनले बाँकी रहेकाहरुलाई पनि स्थानीय तह र स्वास्थ्य केन्द्रहरु मार्फत खोप लगाउने क्रम जारी रहेको जानकारी दिए । त्यसैगरी खोप पूर्णमात्रामा लगाएको र ६ महिना पूरा भएको व्यक्तिलाई बुस्टर डोजको खोप दिने काम पनि जिल्लामा सुरु भइसकेको र हाल सम्म करिब १ हजार व्यक्तिले सो खोप लिइसकेको उनको भनाइ छ । बुस्टर डोज कोरोना भाईरस विरुद्धको पूर्ण मात्रामा खोप लगाएका र ६ महिना पूरा भइसकेको व्यक्तिलाई खोप लगाउन सुरु गरेका छौं, उनले भने “बुस्टर डोजमा पहिले जुन खोप लगाएको हो , सोही खोप लगाउनु पर्ने हुन्छ र त्यही अनुसार हामीले खोप लगाउने कार्यलाई तीव्रता दिएका छौं ।” जिल्लामा २०७७ माघ १४देखि कोभिड विरुद्धको खोप अभियान शूरु गरिएको थियो । यता मंगलवार जिल्लामा २४ जना कोरोना संक्रमित थपिएका छन् ।

गजेन्द्र नारायण सिह अस्पतालको पिसीआर प्रयोगशालामा ४९ जनाको स्वाव परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैको साथ कोरोनाको तेश्रो लहरमा जिल्लामा संक्रमित हुनेहरुको संख्या २ सय ५६ पुगेको छ । सप्तरीमा कोरोना भाईरसको संक्रमण शूरु भए देखि ्हाल सम्ममा पहिलो चरणमा ४१ दोश्रो चरणमा १ सय २१ र तेश्रो चरणमा २ गरी १ सय ६४ जनाको मृत्यु भइ सकेको छ ।

Comment


Related News

Latest News

Trending News