२०७८ माघ १२, बुधबार १४:४५
जनमत पार्टीका कार्यकर्ताहरुले डाक्टरको गाडीमा पनि तोडफोड गरेका छन् ।
जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिश साहको गाडी आन्दोलनकारीले पीडारी चोकमा तोडफोड गरेका हुन् । आन्दोलनकारीले लाठी प्रहार गर्दा डाक्टर साहको टाउँको र मुखमा गम्भीर चोट लागेको छ । उनको मुखमा ८ वटा टाँका लागेको बुझिएको छ ।
मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा तोडफोड गरिएको छ । अहिले अहिले पनि जनमतका कार्यकर्ताहरुले आन्दोलन जारी राखेका छन् ।

