२०७८ माघ १२, बुधबार १५:५५

जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा ठूलो दरमा बढ्दै गर्दा हिमाली र पहाडी क्षेत्रको हिस्सा खुम्चिँदै जान थालेको छ । विगत १० वर्षमा तराई क्षेत्रमा बसोबास गर्नेको संख्या कुल जनसंख्या २३ लाख ४७ हजार १२३ जनाले बढेको छ ।

१० वर्षमा पहाडी क्षेत्रमा ३ लाख ५४ हजार ५४१ जनाले जनसंख्या बढ्दा हिमाली क्षेत्रमा ३ हजार ६सय ८८ जना जनसंख्या कम भएको छ । १० वर्षमा कुल जनसंख्या २६ लाख ९७ हजार ९७६ बढ्दा वृद्धिको अधिकांश हिस्सा तराईले नै ओगटेको छ भने पहाडको वृद्धिदर कमजोर हुँदा हिमालमा जनसंख्या वृद्धिदर नै ऋणात्मक देखिन्छ ।

भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश विगत २०६८ सालको तुलनामा २०७८मा ३.३९ प्रतिशतले वृद्धि भएको देखिएको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । २०६८मा १ करोड ३३ लाख १८ हजार जनसंख्या रहेको तराईमा हाल १ करोड ५६ लाख ६५ हजार पुगेको छ ।

मधेश प्रदेशमा उच्च जनसंख्या, कर्णालीमा कम
तथ्यांक अनुसार जनसंख्या सबैभन्दा बढी मधेश प्रदेशमा पाइएको छ । मधेश प्रदेशमा २०.९९ प्रतिशत र कर्णालीमा ५.८१ प्रतिशत जनसंख्या रहेको छ । बागमतीमा २०.८४ जनसंख्या छ । जनसंख्याको हिसाबले तेस्रो, थौचो, पाँचौ र छैठौंमा क्रमशः लुम्बिनी, प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् ।

प्रदेश १ : ४९ लाख ७२ हजार २१ (१७.०३ प्रतिशत)
मधेश प्रदेश : ६१ लाख २६ हजार २ सय ८८ (२०.९९ प्रतिशत)
बागमती प्रदेश : ६० लाख ८४ हजार ४२ (२०.८४ प्रतिशत)
गण्डकी प्रदेश : २४ लाख ७९ हजार ७ सय ४५ (८.४९ प्रतिशत)
लुम्बिनी प्रदेश : ५१ लाख २४ हजार २ सय २५ (१७.५५ प्रतिशत)
कर्णाली प्रदेश : १६ लाख ९४ हजार ८ सय ८९ (५.८१ प्रतिशत)
सुदूरपश्चिम प्रदेश : २७ लाख ११ हजार २ सय ७० (९.२९ प्रतिशत)

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News

Latest News

Trending News