अपडेट 
२०७८ माघ १४, शुक्रबार ०७:३९

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई संस्थागत गर्दै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।‘मधेशको अधिकार प्राप्ति अझै बाँकी छ’ उनले भने, संघीय व्यवस्थालाई बलियो बनाएर थप अधिकार प्राप्तिका लागि अगाडि बढनु पर्छ ।

धनुषा जिल्लाको लक्ष्मीनियामा विहीबार एउटा निजी अस्पतालको उद्घाटन गर्दै अध्यक्ष यादवले अधिकार प्राप्त हुन अझै शासकसित लड्नुपर्ने बताए । नेपालमा भाषा, अनुहार, जातजाती, धर्म सस्कृति, समुदाय, परम्पराका हिसावले विभेद अझै जारी नै रहेको छ, उनले भने,‘ यी विभेदलाई चिर्दे अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’ विगतका आन्दोलनबाट प्राप्त संघीय व्यवस्थालाई मजबुत बनाई अव आर्थिक समृद्धि तर्फ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । ‘आर्थिक उपलब्धि बिना समृद्धि प्राप्त हुने छैन्’ यादवले भने, ‘समृद्धिसँगै गरिबी, वेरोजगारी जस्ता समस्या समाधान हुनेछ । त्यसकारण अव आर्थिक सम्वृद्धि तर्फ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।’ निजी क्षेत्र र सरकारी क्षेत्रको सहयोगले मात्र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन सकिने उनले बताए । विकासशिल मुलुकलाई अगाडि बढाउन निजी क्षेत्र र सरकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने गरेको उनले बताए ।समाज परिर्वतनको लागि शिक्षा र स्वास्थ्य महत्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ समाज शिक्षित भए मात्र गरिबी, बेरोजगारी जस्ता समस्या विस्तार विस्तारै समाप्त हुदै देश समृद्धिको बाटोमा अगाडि बढ्छ ।’ सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झा सो कार्यक्रममा जसपा पार्टीमा प्रवेश गरे ।झालाई पार्टीमा भित्र्याउन जसपा अध्यक्ष यादवले माला र टिका लगाएका थिए ।

अस्पतालमा एनआईसीयू आईसीयू , ओपीडी , क्यान्सर सम्बन्धी रोगको उपचार, ल्याप्रोसकोपी लगायत अन्य रोगहरुको सहुलियत दरमा उपचार गरिने अध्यक्ष झाले जनाए । जसपाको सिद्धान्त र अध्यक्ष यादवको विचारबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको उल्लेख गर्दै उनले भने, भविष्यमा जसपाको संगठन सुदृढ बनाउन हरसंभव प्रयास गर्नेछु । कार्यक्रममा प्रदेशका पूर्व मन्त्री ज्ञानेन्द्र कुमार यादव, जसपाका केन्द्रीय सदस्य महाजन यादव, प्रदेश सांसद चमेली देवी दास, लक्ष्मीनिया“ गाउँपालिका अध्यक्ष विन्देश्वर यादव सहितकाले मन्तव्य राखेका थिए । झाले बनाएका अस्पताल विद्युत प्राधिकरणको ३३ केभीए प्रशारण लाइनको तल रहेको छ । सरकारले नर्सिंग लगायतका कक्षा सञ्चालन गर्न सय शैय्याको अस्पताललाई अनिवार्य गरेपछि झाले त्यस तर्फ लगानी गरेका छन् । धनुषा जिल्लाको ग्रामीण भेगमा सय शैय्याको निजी अस्पताल जानकी मेडिकल कलेज बाहेक सेन्ट्रल अस्पताल नै हो ।

Comment


Related News

Latest News

Trending News