२०७८ माघ १४, शुक्रबार ०७:४१

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरंजन झाले मनोमानी तरिकाले पुराना तालिमप्राप्त कर्मचारीहरुसंग अन्याय गरेको भन्दै रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधाम स्थित कार्यालयमा तालाबन्दी गरेको छ ।

करिब दुई सातदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र ,तालिम स्थलमा विरोध प्रदर्शनको कार्यक्रम गर्दै आएका पुराना कर्मचारीहरुले विहीबारदेखि दोश्रो चरणको आन्दोलन सुरु गरेका छन् । समिति आवद्ध दिलिप साहले विगत १५ दिन देखि धर्ना प्रदर्शन गर्दै आए पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए । जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउन जाँदा प्रमुख जिल्ला अधिकारीले जिएमलाई कोरोना लागेको भन्दै समस्या समाधान गर्न आलटाल गरिरहेको गुनासो समेत साहले पोखे । नियम प्रक्रिया मिचेर महाप्रबन्धक झाले कर्मचारी नियुक्ति गरेको भन्दै आन्दोलनमा उत्रेका पुराना कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना प्रदर्शन गर्दै आएका थिए । महाप्रबन्धक झाले रेल संचालनका लागि २७ पुसमा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेल सम्बन्धी तालिम दिएका कर्मचारीहरु चरणवद्ध रुपमा आन्दोलनमा उत्रेका हुन् ।

नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले रेल सञ्चालनका लागि ज्यालादारीमा १ सय ५१ जना कर्मचारीलाई नियुक्त गरी दुइ चरणमा तालिम समेत दिएका थिए । गत वैशाखदेखि असार सम्म दुई चरणमा भएको तालिममा झण्डै नेपाल रेल्वेको १ करोड १५ लाख रुपैयाँ खर्च भएको थियो । ती कर्मचारीलाई तालिम दिन भारतीय रेल कम्पनी कोर्कणले तालिम दिएको वापत ८० लाख र तालिममा सहभागी भएकाहरुमा ३५ लाख गरी प्रशासनिक खर्च बाहेक १ करोड १५ लाख खर्च भएको थियो । स्टेशन मास्टरमा नियुक्त भइ झण्डै २५ दिन सम्म तलिम लिएका मनोज यादवले भने,‘ १ सय ५१ जना कर्मचारीलाई तालिम दिन सरकारको १ करोड १५ लाख रुपैयाँ खर्च भयो र आज फेरि नयाँ कर्मचारी भर्नामा लाखौं खर्च गरिरहेको छ । हाम्रो नियुक्तिलाई अवैध भन्ने महाप्रबन्धक झाले अहिले कुन कानुन टेकेर नयाँ कर्मचारी भर्ना गरेको त्यसको स्पष्ट जवाफ हामीलाई दिनु प¥यो।’ आर्थिक लेनदेन तथा आफ् ना आसेपासेलाई नियुक्ति गर्न महाप्रबन्धक झाले आफूहरुको रोजगार खोसेको उनले आरोप लगाए । उनीहरुले नयाँको भर्ना खारेज गरी आफूहरुलाई बहाली हुनुपर्ने माग गरेका छन् ।

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News

Latest News

Trending News