अपडेट 
२०७८ माघ १४, शुक्रबार ०७:४९

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक इण्डोक्राइन सहितको स्वास्थ्य संस्था जनकपुर डाइबिटिज थाइराइड एण्ड डायग्नोष्टिक पोलिक्लिनिक आजदेखि संचालनमा आएको छ ।

जनकपुरधाम स्थित जानकी मन्दिर मडवा पछाडि बिहीवारदेखि संचालनमा आएको सो पोलिक्लिनिकमा डाइबिटिज थाइराइज तथा हार्मोन रोग र गाइस्ट्रो सहितको पेट रोगको प्रमुख रुपमा आधुनिक उपकरणद्वारा उपचार व्यवस्था रहेको छ । डाइबिटिज थाइराईड तथा हार्मोन रोगको काठमाडौ स्थित नर्भिक इन्टरनेशन हस्पीटल र मेट्रो काठमाडौ अस्पतालमा एक दशकभन्दा बढी समयदेखि कार्यरत डा. मधु पाण्डेयले उपचार गर्नेछ भने पेट तथा पेटको क्यान्सर सम्बन्धी रोगको उपचार डा. प्रकाश चौधरीले गर्ने बताइएको छ । उद्घाटनको अवसरमा सो पोलिक्लिनिकले माघ १३ गतेदेखि १५ गतेसम्म( तिन दिन ) विभिन्न रोगको ओपीडी निशुल्क र ल्याब (प्याथलोजी जाँच) मा बिरामीलाई ४० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । संचालक समेत रहेका डा. चौधरीले दिएको जानकारी अनुसार माघ १३ गते डा. मधु पाण्डेय र डा. प्रकाश चौधरीद्वारा फास्ंटिग र रैण्डम सुगरको निशुल्क चेकजाँच, १४ गते जेनरल फिजिसियन र बालरोगको ओपीडी र १५ गते स्त्री तथा प्रसुति रोग र हाडजोर्नीको ओपीडीमा निशुल्क चेकजाँच गरिनेछ ।

Comment


Related News

Latest News

Trending News