अपडेट 
२०७८ माघ १४, शुक्रबार ०७:५३

मधेश प्रदेश अहिले आक्रान्त बन्दै गएको छ । केहि दिन यता देखि जनमत पार्टीले किसान आन्दोलनको नाममा गर्दै आएको आन्दोलन आक्रान्त बन्दै गएको छ ।

कुटपिट, लाठी फराटा सडकमा निकाल्नु सामान्य बन्दै गएको छ । किसानलाई अगाडि ल्याएर आफ् नो राजनीतिक रोटी सेक्ने जनमत पार्टीका सुप्रिमो डा. सीके राउत पढेलेखेका त्यसमा पनि अमेरिकन वैज्ञानिकहरुको संस्था नासामा कार्यरत भएर नेपाल फर्केका हुन । तर, उनले देखाएका गतिविधिले विवेकशील प्राणीले गरेको जस्तो देखिएन् । एउटा शिक्षित र अशिक्षित व्यक्ति वा नेतृत्वकर्तामा फरक हुनु पर्छ । आन्दोलनमा देखिने गतिविधिले शिक्षाको स्तरको मुल्यांकन गरिन्छ तर, कुटपिट र अभद्र व्यवहार भने राउतकोलागि सामान्य कुरा बन्दै गएको छ । जसलाई जे मन लाग्यो त्यो गर्न उनकोलागि सामान्य बन्नुको पछाडि अशिक्षित नेता कार्यकर्ताहरु रहेका छन् । भ्रष्टाचारीको नाउँमा कार्यालय प्रमुखलाई कुटपिट गर्नु, किसानको नाममा जताजतै आन्दोलन र प्रदेशलाई आक्रान्त बनाउन तिर उन्मुख हुँदै गएको छ । भ्रष्टाचार नियन्त्रणको नाममा राउतका कार्यकर्ताहरुले कार्यालय प्रमुखलाई गोवर हालेर जनकपुरधाम भरि नाङ्गो घुमाए । तर, के भ्रष्टाचार समाप्त भई सक्यो ? भ्रष्टाचार नियन्त्रण गर्ने निकाय हुँदाहुँदै पनि राउतले गरेको काम गैर संवैधानिक रहेको भए पनि उनले त्यसलाई सही बाटो माने । किसानकालागि गरिएको आन्दोलनवाट किसानले अहिले सम्म के पाए ? तर, उनी अहिले आन्दोलनलाई निरन्तरता दिइ रहेका छन् । हरेक कुरामा जातपात संग जोडेर उनले आफ्नो स्वार्थ मात्रै सिद्ध गरिरहेका छन् भन्न अप्ठयारो नहोला । उनले आफ्नो घरको अगाडि सडक नवाएको झोकमा कार्यालय प्रमुखलाई कुटपिट गरे । उनको घरको अगाडि सडक बन्यो तर, के आम जनताको घरको अगाडि सडक बन्यो ? जनकपुरधामका गल्ली तथा अन्य सडकहरु बनि सकेका छन् ?

त्यसको जवाफ पनि राउतले दिनुपर्ने हो कि होइन् ? राउतको घरको अगाडि सडक बन्यो, अन्य सडक बनेकी बनेन त्यसको खोजतलास भने राउतले हैन आम जनताले गर्ने हो कि ? उनले भनेको र गरिरहेका गतिविधिमा आम जनताको पनि सहभागिता छ तर, उखु किसानहरुले गत बर्ष गरेको आन्दोलनमा उनले एक शव्द पनि बोलेन । मलखादका लागि अहिले जनमत पार्टीले थालेको आन्दोलनवाट के अहिले सम्म जनताले मलखाद पाए ? किसानहरुको नामवाट राउतले गरिरहेको राजनीतिक गतिविधि हिंसात्मक हुँदाहुँदै पनि त्यसलाई नियन्त्रण गर्न नत नेपाल सरकारलेनै चासो लिएका छन् नत स्थानीय प्रशासनलेनै । यति सम्म कि सिरहाका प्रहरी प्रमुखलाई जनकारवाहीको चेतावनी दिए पनि उनको मुख र क्रियाकलाप नियन्त्रणमा भने रोक लगाउनुको साटो राज्य पक्षवाटनै मलजल गरिरहेका छन् । बास्तवमा जनता भ्रष्टाचार र मल नपाउनुको पीडावाट आम जनता चिन्तित छ । कृषि प्रधान देशमा मलखाद नपाउनु दुःखद र निन्दनीय छ तर, राउतले अपनाएको बाटोवाट के भ्रष्टाचार नियन्त्रण भएको छ ? किसानले मलखाद पाएका हुन ? सामान्य रुपमा भन्ने हो भने भ्रष्टाचार नियन्त्रण गर्न र समृद्धिको बाटो अपनाउनकालागि मुलकलाईनै समृद्ध बनाउनु पर्छ । यहाँ उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा व्यापक परिवर्तनको आवश्यकता छ । तर, दिनहुँ हुने गरेको आन्दोलन र चन्दा असुलीले यहाँका व्यवसाय धरासायी हुँदै छ भने शिक्षाको अवस्था पनि दिनप्रतिदिन खस्कदै गएको छ । स्वास्थ्य क्षेत्रमा बढी आम्दानी हुने भएकाले स्वास्थ्य क्षेत्र पनि महगो हुँदै गएको छ । यी सवै कुरामा परिवर्तनकोलागि आन्दोलनकोवाटो त्याग्नुनै उपयुक्त हुनेछ । जव सम्म शान्ति स्थापना हुँदैन् तव सम्म समृद्धिको परिकल्पना सार्थक हुन सक्द्रैन । डर, भय, त्रास देखाएर आफ्नो स्वार्थ सिद्ध गर्नकालागि आतुर भएका राउत वास्तवमा परिवर्तन चाहेकानै हुन भने प्रदेशलाई आक्रान्त बनाउने वाटो त्याग्नुनै उपयुक्त हुन्छ । राउत पढेलेखेका भएका कारण उनलाई शिक्षामा कसरी परिवर्तन ल्याउन सकिन्छ ?

किसानको समस्या समाधान गर्नकालागि के कस्ता उपायहरु हुन सकिन्छ ? त्यस्ता विषयहरुमा आफ्नो दृष्टिकोण स्पष्ट गर्नुको साटो आफ्ना मागहरु अगाडि सारेर अन्य नेताहरु जस्तै लठैतगिरी गरे भने उनीनै नेतृत्व पंक्तिमा गएपछि के परिवर्तन ल्याउन सकिन्छ सामान्य रुपमा बुझ्न सकिन्छ । आफ्नो दृष्टिकोणको आधारमा जनतालाई आफ्नो पक्षमा ल्याउनुको साटो आन्दोलनको वाटो अपनाएर उनी पनि नेतृत्वपंक्तिमा पुगे त्यसवाट परिवर्तनको आशा जाग्ने हो भने अलिकता पनि आशा देखिदैन् । भारतको स्वतन्त्रतामा महात्मा गान्धीले अपनाएको वाटोबाट उनी विचलनमा परेन । तर, राउतले आफ्नो बाटोनै परिवर्तन गरेका छन् । शान्तिको वाटोबाट गरिने परिवर्तन र जनतालाई आक्रान्त बनाएर गरिएको परिवर्तन दुई फरक फरक विषयबस्तु हो राउतलाई बुझ्नु पर्छ । आज लाठी फराटा लिएर जनतालाई सडकमा उतार्छन् भोलि कुनै अप्रिय घटना भयो भने त्यसको जिम्मेवारी कसले लिने ? राष्ट्रिय सभाको निर्वाचनमा पार्टीका नेता कार्यकर्ताले नचिन्हेरनै प्रादेशिक अस्पताल जलेश्वरका मेसुलाई कुटपिट गरे तर, पार्टीले भने जिम्मेवारी लिएन । पार्टीको चिकित्सक संघको नामवाट निकालिएको विज्ञप्तिमा भनिएको थियो घुसपैठ गर्नेहरुले मेसुलाई कुटपिट गरे । सामान्य कुटपिटको घटनाको जिम्मेवारी नलिने पार्टी कुनै अप्रिय घटनाको जिम्मेवारी लिन्छ त ? के कुटपिट र आन्दोलनमा रहेका हरेक जना भोलि नेतृत्व पंक्तिमानै पुग्ने हो कि उनीहरु पनि आम जनता जस्तै भोलिका दिन बस्नुपर्ने हुन्छ ? लोभ, लालच र लचारीवाट ग्रसित तथा नेता बन्ने होडवाजीमा होमिएकाहरु अहिले पनि नवुझे कहिले बुझ्ने हो ?

Comment


Related News

Latest News

Trending News