अपडेट 
२०७८ माघ १४, शुक्रबार ११:५४

शुक्रबार सुनचाँदीको मूल्य  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज शुक्रबार सुनको मूल्य अधिकतम ९०० रुपैयाँले र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै यता तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनको तुलनामा तोलामा ९०० रुपैयाँले नै घट्दै ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News