२०७८ माघ १४, शुक्रबार १५:०९
सिरहाको सिमावर्ती नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले लाखौंको भन्सार छलीको समानसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवराजपुर ३ जगतपुरका श्रीराम यादव रहेका छन् । यादवले भन्सार छलेर ल्याएको करिब ४ लाख बराबरको बच्चाको कपडाहरु बरामद गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका इन्सपेक्टर प्रकाश पाण्डेले जानकारी दिए ।
उनले बरामद समान आवश्यक कारबाहीका लागि इनर्वा ठाडी भन्सारमा बुझाएको पनि बताएका छन् ।

