अपडेट 
२०७८ माघ १५, शनिबार ०७:५४

जनकपुरधाम । पछिल्लो २४ घण्टाको अवधिमा मधेश प्रदेशभरि १ सय २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने एक जना संक्रमितको मृत्यु भएको जनाइएको छ ।

पर्सा जिल्लाको वीरगञ्ज उप– महानगरपालिका–२७ कि ६५ वर्षीया महिलाको संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा २ सय ९० जनामा कोरोना परीक्षण गर्दा १ सय २८ जनामा संक्रमण भएको मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । जनकपुरधाममा रहेको पीसीआर ल्याबमा १ सय १५ जनामा जाँच गर्दा ४८ जनामा र १७ जना फलोअप रोगी रहेको छ । त् य स् त ै राजविराज अस्पतालमा २७ जनाको परीक्षण गर्दा १७ जनामा, जलेश्वर अस्पतालम महोत्तरीमा २८ जनामा परीक्षण गर्दा सबै नेगेटिभ रहेको जनाइएको छ । त्यसैगरी मलंगवा अस्पताल सर्लाहीमा १३ जनामा परीक्षण गर्दा १० जनामो, गौर अस्पताल रौतहटमा २२ जनामा परीक्षण गर्दा १ जनामा , कलैया अस्पताल बारामा ४५ जनामा परीक्षण गर्दा ३४ जनामा , नारायणी अस्पताल वीरगञ्जमा ५० जनामा परीक्षण गर्दा १८जनामा संक्रमणको पुष्टि भएको प्रयोगशालाले जनाएको छ । यसैसंग प्रदेशभरि संक्रमित हुनेहरुको संख्या ४० हजार ७ सय १३ पुगेको छ । भने ३७ हजार ८ सय ३० जना कोरोना संक्रमणबाट मुक्त भएको प्रयोगशालाले जनाएको छ ।

कोरोना संक्रमणको कारण मधेश प्रदेशमा मृत्यु हुनेहरुको संख्या १ हजार ४९ पुगेको छ । पछिल्लो २४ घण्टा भित्र संक्रमित हुनेहरुमा धनुषाको ३३,महोत्तरीको १०,सिरहाको १ ,सप्तरीको १६,सर्लाहीको ११,रौतहटको ४,बाराको ३८ र पर्सा जिल्लाको ९ जना रहेको प्रयोगशालाद्वारा जार

Comment


Related News

Latest News

Trending News