२०७८ माघ १५, शनिबार १४:२५

सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न आलटाल गरेपछि राष्ट्रिय यूवा संघ नेपाल सडक तताउन थालेको छ ।

यूवा संघ सिरहाले आज गोलबजारमा संघीय सरकारविरूद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले स्थानीय तहको चुनाव मिति घोषणा गर, अराजक मन्त्री रेणु यादवलाई बर्खास्त गर, किसानलाई समयमा मलखाद उपलब्ध गराउ जस्ता नारा लगाएका छन् ।

संघ सिरहाका संयोजक जयप्रकाश शर्माको नेतृत्वमा गरिएको प्रदर्शनमा एमालेका हजारौं नेता कार्यकर्ता सहभागी थिए ।

Comment


Related News

Latest News

Trending News