अपडेट 
२०७८ माघ १६, आईतवार ०७:५६

जनकपुरधाम । नेपाल समाजवादी विद्यार्थी युनियन नेशनल ह्युमन रिसोर्स डेभलपमेन्ट एकेडेमी (ऐनएचआरडी) एकेडेमीको इकाइ कमिटी गठन गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन धनुषाको उपाध्यक्ष सरोज कुमार यादव र संस्कार यादवको संयुक्त अध्यक्षतामा शनिबार सम्पन्न एक कार्यक्रम बीच ऐनएचआरडीको कमिटी गठन गरिएको हो । नवीन यादवको अध्यक्षतामा २२ सदस्यीय इकाई कमिटी गठन गरिएको हो । गठित समितिको उपाध्यक्षमा सरोज कुमार यादव र पिंकी कुमारी साह, सचिवमा उमेश यादव, सह–सचिवमा अभिशेष यादव तथा कोषाध्यक्षमा रामरत्न यादवको चयन गरिएको जनाइएको छ । त्यसै गरी कमिटीको सदस्यहरुमा राहुल कुमार साह, सलामत नदाफ, बिक्रम राय, संजिब यादव, आरके यादव, शंकर शर्मा, आनि साह, रोशनी महतो, निशा ठाकुर, कुन्दन झा, सौरभ कुशवाहा, मंजय यादव, ओमविकेश यादव, चन्दन बैठा, रबिना मण्डल तथा श्याम साह सहितका रहेको समाजवादी विद्यार्थी युनियनका सचिव बलिराम कापरिले जनाए ।

Comment


Related News

Latest News

Trending News