जनताको जीवनस्तर उकास्न गरिने सम्पूर्ण इमान्दार प्रयत्नहरु नै वास्तवमा शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जलि हुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले बताउनु भयो ।
आइतबार नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति महम्मद शहाबुद्दीनले नारायणी अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अजय कुमार चौरसियाले शहीद थिर बम मल्लको शालिकमा माल्यार्पण गरि गत निर्वाचनमा आपसी द्वन्द्व र मतभेदको कारणले पर्सा जिल्लामा पार्टीले पराजय भोगेको भए तापनि अहिले पनि पर्सामा नेपाली काँग्रेस शासक पार्टी भएको चर्चा गर्नु भयो । चौरसियाले आसन्न निर्वाचनमा एक ढिक्का भएर पार्टी निर्वाचनमा होमिने बताउँदै शहीदहरूको अमर बलिदानीको कारण हामी अहिले गणतान्त्रिक परिवेशमा भएको बताउनु भयो ।
सो अवसरमा हृदय नारायण दासलाल दास, हदीश मिया मंसुरी, रघुनाथ पोखरेल, अलीजान मिया मंसुरी, वीर वहादुर कुर्मी, महम्मद सरीफलाई दोसल्ला ओढ़ाएर सम्मान गरिएको थियो ।
सो अवसरमा नारायणी अस्पतालका २२५ जना विरामी र कुरुवाहरूलाई फलफूल वितरण गरिएको थियो क्षेत्रीय सभापति मोहम्मद सहाबुद्दीनले बताए ।सो अवसरमा नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, नेपाली कांग्रेस पर्साका उप सभापति दिना गुप्ता, प्रकाश उपाध्याय, प्रदेश सभासद राजेश्वर साह तेली, जिल्ला सचिव श्याम पटेल, क्षेत्र नम्बर १ का सभापति अरबिन्द गुप्ता, नगर सभापति भोला कलवारलगायत ठूलो संख्यामा नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै घण्टाघरस्थित शहिदहरूको शालिकमा माल्यार्पण एवं दीप प्रज्वलन गरिएको साथै बाबा रामजनम तिवारीको शालिकमा सरसफाई गरि माल्यार्पण गरिएको शहाबुद्दीनले बताए ।
त्यसैगरी गण्डक स्थित शहिद तेज बहादुर आमात्यको शालिकमा पनि आज सरसफाई गरि माल्यार्पण गरिएको थियो ।

