अपडेट 
२०७८ माघ १६, आईतवार १५:२३

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आइतबार बिहान भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८९३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, भारतभर पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ७८४ जना संक्रमित निको भएका छन् । हाल भारतमा १८ लाख ८४ हजार ९३७ जना सक्रिय संक्रमित छन् । यसबाहेक, दैनिक र साप्ताहिक संक्रमण दर क्रमश: १४.५ र १६.४ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

यसैबीच, भारतका स्वास्थ्य मन्त्री मनसुख मन्डाभियाले ७५ प्रतिशत वयस्कले कोभिड खोपको पूर्ण डोज लगाएको बताएका छन् । पूर्ण खोप लगाउनेको संख्या ७५ प्रतिशत पुगेको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई बधाइ दिएका छन् ।

Comment


Related News

Latest News

Trending News