२०७८ माघ १७, सोमबार ०७:०३

शहीद दिवस मधेश प्रदेशको विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

शहिद दिवसको अवसरमा नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ मधेश प्रदेश समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधामको जनक चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका हुन् । जितन शेष, आतिफ असलम, शालु यादव, मन्जुर साफी, संजय यादव, राजिव पटेल, राजु खान, जाफर खान, रामाशंकर यादव, नविन कुमार झा, कार्तिकेश झा, कमलेश राय, गौतम ठाकुर, सुनिल दास, सरोज यादव, अमित कुमार यादव, विजय कुमार कर्ण, समिर सिद्दिकी, अभिताव साफी, संजय कुमार खेवार, ईरफान नदाफ, संजिव कुमार मण्डल, अब्दुल कादिर, नवल किशोर साह, पुरुषोतम चौधरी, अजय कुमार यादव, रवि कुमार साहसहितकाले रक्तदान गरेको युवा संघ मधेश प्रदेश कमिटिका अध्यक्ष इर्द मोहम्मद साफी(जानी खान)ले जानकारी दिए । राष्ट्रिय युवा संघले शहिद दिवसको अवसरमा सप्ताहिक रक्तदान कार्यक्रमको अयोजना गर्दै आएको छ । कोरानाको बढ्दो महामारीलाई मध्यनजर गर्दै युवा संघले देशव्यापी रुपमा गत विहिवारदेखि नै सप्ताव्यापी रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको उनले बताए । त्यसैगरी दिवसको अवसरमा आइतबार नारायणी अस्पतालमा आयोजित कार्यक्रममा शहीद थिर बम मल्लको शालिकमा माल्यार्पण गरी मनाइएको छ । सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसियाले जनताको जीवनस्तर उकास्न गरिने सम्पूर्ण इमान्दार प्रयत्नहरु नै वास्तवमा शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताए ।

शहीदहरूको अमर बलिदानीको कारण हामी मुलुकमा राजनीतिक परिवर्तन भएको बताउंदै उनले गणतन्त्रको रक्षा गर्न राजनीतिकर्मीहरु इमान्दार हुनु जरुरी रहेको उल्लेख गरे । सो अवसरमा हृदय नारायण दासलाल दास, हदीश मिया मंसुरी, रघुनाथ पोखरेल, अलीजान मिया मंसुरी, वीर वहादुर कुर्मी, महम्मद सरीफलाई दोसल्ला ओढ़ाएर सम्मान गरिएको थियो । सो अवसरमा नारायणी अस्पतालका २ सय २५ जना विरामी र कुरुवाहरूलाई फलफूल समेत वितरण गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, नेपाली कांग्रेस पर्साका उप सभापति दिना गुप्ता, प्रकाश उपाध्याय, प्रदेश सभासद राजेश्वर साह तेली, जिल्ला सचिव श्याम पटेल, क्षेत्र नम्बर १ का सभापति अरबिन्द गुप्ता, नगर सभापति भोला कलवारलगायत नेता एवं कार्यकर्ताहरूको सहभागिता रहेको थियो । त्यस्तै घण्टाघरस्थित शहीदहरूको शालिकमा माल्यार्पण एवं दीप प्रज्वलन गरिएको थियो भने बाबा रामजनम तिवारीको शालिकमा स्थलमा सरसफाई समेत गरिएको थियो । त्यसैगरी गण्डक स्थित शहीद तेज बहादुर आमात्यको शालिकमा पनि सरसफाई गरी माल्यार्पण गरी शहिद दिवस मनाइएको छ । त्यसैगरी शहीद दिवसको अवसर पारेर आइतबार राजविराजमा स्व.प्रभु नारायण यादवको शालिकमा माल्यार्पण गरिएको छ । स्थानीय निकाय कर्मचारी शहीद प्रभु नारायण यादव स्मृति ट्रस्टद्वारा आयोजित कार्यक्रम जिल्ला समन्वय समितिको परिसरमा रहेको यादवको शालिकमा माल्यार्पण गरी शहीद दिवस मनाइएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमृुख प्रभावकर यादव, राजविराज नगरपालिकाका प्रमुख, शम्भु प्रसाद यादव, अधिकारिक निजामती ट्र्ेड युनियनका अध्यक्ष अजय कुमार झा, कर्मचारी युनियनका अध्यक्ष सुर्यकान्त झा, जसपाका केदार यादव, लोसपाका दिनेश यादव, विनोद यादव,स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशका सचिव गंगाराम साह, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, ट्रस्टका अध्यक्ष अवधेश झाको सहभागिता रहेको थियो । तत्कालीन जिल्ला विकास समितिका नायब सुब्बा रहेका यादवलाई २०६४ कार्तिक १२ गते साँझ पख कार्यालयको काम सकेर तिलाठी कोईलाडी गाउँपालिका–८ बभनगामाकट्टी तर्फ जाने क्रममा अज्ञात समूहले गोली हानी हत्या गरेका थिए । सरकारले उनलाई शहीद घोषणा गरे.पछि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको सक्रियतामा उनी कार्यरत हालको जिल्ला समन्वय समितिको परिसरमा स्व.यादवको शालिक स्थापना गरिएको थियो । उनको स्मृति एवं सम्मानमा स्थापित शालिकमा प्रत्येक वर्ष माघ १६ गते.का दिन ट्रस्टले श्रदाञ्जलि सभाको आयोजना गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News