कलैया । पसलको ताल्चा फुटाई मोबाइल चोरी गर्ने ५ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा प्रसौनी गाउंपालिका–१ प्रसौनी टोलका २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही ठाउंका २३ वर्षीय रम्तुलाह अंसारी रहेको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए । प्रसौनी गाउपालिका–२मा रहेको शुभ श्री मोबाइल पसलको ताल्चा फुटाई पसलमा रहेको बिभिन्न कम्पनीको मोबाईलहरु चोरी गरी लुकाई राखेको अवस्थामा प्रसौनी गापा–१का गोपिचन मुखियाको छोरा बिशाल मुखियाको घरकोठा खानतलासी गर्ने क्रममा पसलबाट चोरी भएको मालसामान मध्ये बिशाल मुखिया सुत्ने कोठाभित्र रहेको खाट मुनि पिठ्युमा बोक्ने ३ बटा झोलामा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको प्रवतmा थापाले भने । साथै बिभिन्न किसिमको नयाँ मोबाइल सेट ९४ थान, ब्याट्री, चार्जर, राउटर तथा सोही घरको पहिलो तल्लाको कोठामा रिपुराज लेखिएको चामलको बोरामा राखी लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध गाँजा ६ किलो ग्राम समेत फेला पारी उक्त चोरी कार्यमा संलग्न ती पाँच जनालाई पक्राउ गरिएको थियो प्रवतmा थापाको भनाई रहेको छ । पक्राँउ परेका ती सबैलाई डाँका चोरी मुद्दामा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवतmा थापाले जानकारी दिए ।
https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=2s

