२०७८ माघ १७, सोमबार ०७:२७

कलैया । बारा जिल्ला जिल्लाको कोल्हवी नगरपालिका–६ कुमरगढी गाउंमा एउटा यात्रुबाहक बसमा आगजनी गरिएको छ ।

स्थानीय छठिघाट पार्किङ गरी राखिएको ना ७ ख ३५३५ नम्बरको बसमा आगजनी गरिएको हो । स्थानीय शिक्षक तेजप्रकाश चौधरीको बसमा अज्ञात समूहले आगजनी गरेको स्थानीय वासिन्दाहरुले बताए । स्थानीय गाउंदेखि वीरगञ्जसम्म सञ्चालन हुँदै आएको सो बसमा कसले र किन आगजनी गरेको हो भन्नेबारे केही पनि खुल्न नसकेको पीडित शिक्षक चौधरीले बताए । स्थानीय शिक्षक श्री राम साहले छठीघाटमा पार्किङ गरी राखिएको बस केही पर गुडाएर सिसाहरू फुटाल्दै पेट्रोल छर्केर आगजनी गरिएको बताए ।अगजनीमा परी बसको सबै भाग पूर्ण रुपले जलेको बताइएको छ । यता जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी राजेश थापाले घटनाबारे अनुसन्धान जारी रहेको र दोषीहरुको खोजतलाश भइरहेको बताएका छन् ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=2s

Comment


Related News

Latest News

Trending News