२०७८ माघ १८, मंगलवार ०८:०८

सप्तरीको कंचनरुप नगरपालिका–४जगतपुरका विपन्न वस्तीमा पिउने पानीको समस्या समाधान भएको छ ।

समस्या समाधानपछि सार्वजनिक स्थानमा रहेका ट्युबवेल र पोखरीमा गएर एक गाग्री पानीको लागि घण्टौ कुर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । सो वस्तीमा पहिलो पटक पाइप लाइनबाट घर घरमा स्वच्छ खानेपानी पुगे पछि जगतपुरवासीहरुको आइरन र आर्सेनिकयुक्त दूषित पानी पिउने बाध्यताकोसमेत अन्त्य भएको स्थानीयवासीहरुले बताएका छन् । समुदायका लागि सुरक्षित खानेपानी कार्यक्रम अन्तर्गत युनिसेफ, कंचनरुप नगरपालिका र समुदायको सहयोगमा ३५ घनमिटर क्षमता भएको पानीटंकी निर्माण गरी पाइपलाईनबाट घर–घरमा स्वच्छ खोनपानी पु¥याइए पछि स्थानीयहमा खुशीहाली छाएको छ । “फूसको घरमा ट्युबवेल जडान गर्ने क्षमता नभएको बेला आंगनमै धारा जडान भएको देख्दा निकै खुशी लागेको कंचनरुप नगरपालिका–४ जगतपुरकी उर्मिलादेवी पासवानले बताइन् । वर्षोदेखि घरबाट २ सय मिटर टाढा चोकमा रहेको ट्युबवेलको त कहिले पोखरीको पानीबाट खाना पकाउने र पानी पिउने गरेको सुनाउँदै सोही वडाका सत्यनारायण मुखियाल भने, अब आफ्नै घरमा धाराको स्वच्छ र सफा पानी आउन थालेपछि हाम्रो खुशीको सीमा छैन् ।” जगतपुरका १ सय ७२ घरधुरीलाई लक्षित गरी २०७७ साल फागुन ६ गतेदेखि युनिसेफ, कंचनरुप नगरपालिका र समुदायको सहयोगमा पानीटंकी तथा पाइप जडान कार्य सुरु गरिएको थियो । यस आयोजनाका लागि युनिसेफले ६० लाख २३ हजार, कंचनरुप नगरपालिकाले १२ लाख ४ हजार र समुदायले ८ लाख ३० हजारको सहयोग गरेको साझेदारी संस्था अरुणोदय जगतपुर खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका टिम लिडर बेदप्रसाद रौनियारले जानकारी दिए । उक्त खानेपानी आयोजनाले वडाका १ सय ७२ घर धुरीका १ हजार २७ हजार परिवारज लाभान्वित भएको वडा अध्यक्ष रामनारायण प्रसाद साहले बताए ।

सोमबारदेखि विधिवत् सुरु भएको उक्त आयोजनाको अनुगमन समेत गरिएको छ । युनिसेफका स्वच्छता संयोजक बोधनारायण श्रेष्ठ, रोशन गुप्ता, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका निमित्त प्रमुख अजयकुमार कर्ण, इन्जिनियर ललितानन्द झा, पत्रकार तथा प्राविधिकसहितको टोलीले अनुगमन गर्दै स्थानीयवासीलाई स्वच्छताको ख्याल तथा प्राप्त सहयोगको संरक्षण र सदुपयोग गर्न सुझाव समेत दिएका छन् । सो अवसरमा आयोजना निर्माणमा स्थानीय उपभोक्ताको साझेदारी समेत रहेकाले दिगोपना हुन्छ भन्ने विश्वास र प्रतिबद्धता सबैले व्यक्त गरेका थिए । सोमबार नै युनिसेफले सो वडाका १ सय ७२ विपन्न परिवारलाई स्वच्छता सम्बन्धी सामग्री समेत वितरण गरेको छ । हाल कोरोनाको बढ्दै जोखिमलाई ध्यानमा राख्दै वस्तीका वासिन्दालाई स्वच्छता सम्बन्धी सुरक्षा सामग्री मात्र होइन सरसफाई बारे आवश्यक तालिम समेत दिइएको छ । कार्यक्रममा १ सय ७२ परिवारलाई बाल्टिन, टुथपेस्ट, ब्रस, काँइयो, साबुन, रुमाल, सेनिटाइजर, नेलकटर लगायतका स्वच्छता सामाग्रीहरु युनिसेफका स्वच्छता संयोजक श्रेष्ठद्वारा वितरण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News