अपडेट 
२०७८ माघ १८, मंगलवार ०८:१९

माघ १६ गते शहिददिवसको दिनउमाशंकर रायभर पच्चीस हजारको धरौटीमा जेलबाट रिहाभए । भनिन्छ नखाएको विषलाग्दैन, तर बारा जिल्ला परवानीपुर—१काउमाशंकरलाइ त थोरै भएपनिलाग्यो त !बित्थामा एघार महिना जेलमा बस्नु प¥यो र बाहिरिनलाई पच्चीस हजार धरौटीपनि राख्नु प¥यो । छट्ठू धनाढ्यहरुले जागिर दिलाई दिने लोभ देखाएर उनिसंग हस्ताक्षर गराएर तथाउनको नागरिकता दुरुपयोग गरे । उनको नाममाकम्पनीहरु खोले र राजस्व छलेर फरार भए । अख्तियारले उनलाईपक्राउ गरेर उच्चअदालतमा पेश ग¥यो र पचहत्तर लाख धरौटी माग्यो । मुखमा माड लगाउनधौ धौ पर्ने उमाशंकरकाबाबू र नवविवाहितापत्नीले त आसै मारी सकेकाथिए, तर एकजना सहृदयीवकिलको सक्रियताको कारण उनिपच्चीस हजारको धरौटीमा रिहाहुनपाएका छन् । संयोगपनि कस्तो शहिददिवसकै दिनउनि जेलबाट रिहाभएका छन् । उमाशंकर र शहिदहरुमाभने साम्यता छ । यस देशमा राजनैतिक परिवर्तनको निम्तीशहादतदिने शहिदहरुपनिउनि जस्तै पसिनाचुहाएर खाने सामान्य परिवारकाथिए र वर्तमान राजनीतिको रमझम हेर्दा अहिलेको परिवेश न शहिदहरुको सपनाअनुकूल छ, न त उमाशंकरको निम्ती नै अनुकूल छ ।

शहिदहरु उमाशंकर जस्तै जनसामान्यको हितहुने राज्यव्यवस्थाको निम्ती लडे र शहादतदिएकाथिए । एउटा यस्तो राज्य, जस्ले जनसामान्यलाई भित्रैबाट चिन्ने छ । तर उमाशंकरलाई त कसैले चिनेन । उमाशंकरमाथी मुद्दा दायर गर्ने अख्तियारपनिथाहाथियो, यो सारा करामातसरोजकुमार मिश्रलगायत छट्ठू धनाढ्य व्यवसायीहरुको गोरखधन्दाहो । अदालतको इजलासमाकुनामाहातजोडेर मौन उभिएको उमाशंकरको हुलिया र वस्तुगत् स्थितिले नै उस्ले करौडौँको राजस्व छल्न नसक्ने देखाउँदै थियो । अझ मिडियामा आएका समाचारहरुले त सारा कहानी प्रष्ट्याएकै थियो । अदालतले सामान्यविवेक प्रयोग गरेको भएपनि यो प्रष्ट देख्न सक्थ्यो । तरपनि उससंग केही सोध्दै न सोधीउसलाई पचहत्तर लाखको धरौटी तोकियो । धन्यती सहृदयीवकिल साहेब, जस्ले आफ्नै तर्फबाट धरौटी राखेर उनलाई जेलमुक्त गराईन् । हुन त सर्वोच्चअदालतले पचहत्तर लाखको धरौटीलाई पच्चीस हजारमाझारेर उमाशंकरलाई जेलमुक्तहुने अवसर सिर्जना गरेको छ । कानूनका ज्ञाताहरुले यसलाई न्यायालयको सम्वेदनशीलताभनेर प्रशंसा गर्न सक्छन् । यस्तै देखिन्छ पनि । तर प्रश्न उठ्छअधिवक्ता राधिका खतिवडा अगाडी नआ०एको भए सर्वोच्चअदालतको सम्वेदनशीलतकाबावजूदपनिउमाशंकर जेलमा नै हुन्थे । उनको हैसियत त पच्चीस हजार तिर्नेपनि छैन, र धरौटी नबुझाएसम्मउनि जेलबाट बाहिरिने कुरै आउँदैन । प्रश्न त अर्कोपनि छ, जनतालाई के चाहियो, न्यायालयको दयावान्याय? सर्वोच्चअदालतको आदेशमा प्रस्तुत प्रमाणहरु र वस्तुगतअवस्थाले उमाशंकरले छली गर्न सक्ने स्थिति नरहेको भनिएको छ । उमाशंकर ऐलानीजग्गामा बस्ने निर्धनतम् परिवारकाहुन् भन्नेपनिन्यायालयलाई थाहा हुनूपर्छ । यस्तोमा पच्चीस हजारको धरौटी रकमतोक्नु सम्वेदनशीलताभन्दापनियान्त्रिकता बढी देखिन्छ । अझ छली गर्ने चतुर अपराधी फरार रहेको तथाउमाशंकर आफै अदालतमाहाजिर हुनआएकोले उनिकानूनको सम्मानगर्ने र भागीनजाने जिम्मेवार नागरिक हुन् भन्नेपनि देखाउँछ ।

यस्तोमा मुद्दा निष्कर्षमानपुग्दासम्मन्यायालयको आवश्यकतामाउपस्थितहुनेगरी साधारण तारेखमा रिहा गरे पो न्यायिक सम्वेदनशीलता हुन्थ्यो । किनभने सर्वोच्च अदालतको आदेशलाई नै आधार मान्ने हो भनेपनिउमाशंकरको हकमा ऊ निर्दोष छ भन्नेमा न्यायालय पनि विश्वस्त छ, र यस्तोमा उमाशंकरको उपस्थितिन्याय अनुसन्धानमा सहयोगी मात्र हो । यस दृष्टिले यस निर्णयलाईअधिकतमन्यायाधीशको सम्वेदनशीलतामात्रभन्न सकिन्छ । अदालती प्रक्रियाका पक्षधरहरुका आ– आफ्ना तर्कहरु हुनसक्छन् । तर राजनीतिक उद्देश्य रजनमुखीन्यायको दृष्टिले प्रश्नहरु उठछन् नै ।जनताले न्यायाधीशको दयाहोइन, न्याय र अधिकार पाउनु पर्छ । वस्तुगत् परिस्थिति ऐनाझैँ प्रष्टिएर तथा निर्दोष देख्रिए पनि धरौटीमा मुक्तहुनूपर्ने अवस्थाले कानूनी प्रक्रिया निर्धनहरुको निम्ती दण्ड सरह नै हुने अवस्था सिर्जना हुँदैन र संरचनाकोसारमाअसम्वेदनशीलता प्रष्टिन्छ । सूत्रमाभन्ने हो भने वर्तमानन्याय प्रणालीमा उमाशंकर जस्ता गरिबले अधिकतम् दयापाउन सक्छन् । उमाशंकरप्रकरणले न्यायलाई जनहितप्रतिविवेकजन्य सम्वेदनशीलहोइन, प्राविधिकमात्र साबित गर्छ । तर यो प्रकरण यहीँ समाप्तहुँदैन । उमाशंकर जस्ताकयौँ सोझानागरिकहरु छट्ठू धनाढ्यबाट ठगिएको तथाउनको नागरिकता प्रमाणपत्रहरुप्रयोग गरेर नक्कलीकम्पनी खडा गरेर करोडौँ राजस्व छली गरेको थपखबरहरुपनिआईरहेका छन् । यी ठगिएका सोझागरिबहरुले सहृदयीवकिल र न्यायाधीशपाएनन् भने के हुन्छ ?

उनिहरुले वकिलतथा रिट दायर गर्न आवश्यक रकमको जोहो गर्न सकेनन् भने के हुन्छ ? ?निर्दोष भएरपनियिनीहरुले जेल बस्नु पर्ने बाध्यताउत्पन्नहुँदैन ? यस्तो पहिलो पटक भएको हो भन्नेपनिहोइन । यसभन्दापहिलेपनिभएको हो र जुनखाले मौद्रिक चेतनाभएकातथाअभावग्रस्त समाजमाहामीबाँची रहेका छौँ, यस्मा भविष्यमापनि यस्ता ठगीको घटनाहरु दोहोरिने सम्भावनालाई हामीनकार्न सक्दैनौँ । यस्तोमा आर्थिक क्षमतानभएकानागरिकहरु निर्दाेष भएरपनिबित्थामाअन्यायभोग्नु पर्ने वस्तुस्थिति वर्तमानन्यायिक प्रणालीमा विद्यमान छन् । न्यायव्यवस्थालाई जनहितकारी बनाउनचाहने राजनीतिहोस वान्यायालय, यस कोणबाट सोँच्नआवश्यक छ । कार्लमाक्र्सको एउटा भनाई छ ः मुद्राको निरन्तर व्यवहारले हाम्रो चेतनालाईपनिमौद्रिक बनाउँछ । वस्तुतःहाम्रो समग्र चेतनामामौद्रिकताले कब्जाजमाएको छ ।न्यायमापनि । त्यसैले कयौँ शुरुमै अपराधी देखिने र साबित भए कैद हुनसक्ने मुद्दामा समेत आर्थिक धरौटीको व्यवस्थागरिएको हुन्छ । यस्तोमा धनहुने अपराधीभएपनि धरौटी राखेर छुट्दो रहेछ रनिर्दोष भएपनि जेल जानुपर्ने हुन्छ । निश्चय नै नेपालमा राजनीतिक परिवर्तनको निम्तीशहादतदिनेहरुको सपना यस्तो राज्यको थिएन । शहिददिवसको दिनशहिदप्रतिमाहरुमामाल्यार्पण गर्नेबेला के राजनीतिज्ञहरुले यस कोणबाट सोँच्छन् ? जुनशहिदहरुको शहादत र जनताको अथक संघर्ष, त्याग र बलिदानको बलमा यो गणतन्त्र र संघीय राजनीतिकव्यवस्थाआएको हो, तिनिहरुको सन्तान यसै व्यवस्थामाशोषण, उत्पीडन र उपेक्षाकाशिकार भईरहेका छन् भन्ने सामान्यअनुभूतिपनि गरे होलान यथार्थ के हो भने वर्तमानको राजनीतिक ढाँचा शहिदहरुको अधूरो सपनाको ढाँचा हो ।

र उमाशंकर जस्ता निर्धनहरुले निर्दोष भएर हन्डर खाईरहे सम्मतथाविकासको अर्थ ठूला महल, चौडा चिल्लो सडक र व्यावसायिकमलहरुको विस्तार अर्थात बजारीकरणको विस्तारमातथाउपेक्षितझुप्राहरुमा सीमितहुँदै जान्छ, शहिदहरुको सपनाको राज्य स्थापितहुनसक्दैन । हामीले गणतन्त्र र संघीयता त स्थापितग¥योँ, तर यस्मा जनतालाई जोडन सकेका छैनौँ । यसै कारण शहिददिवस होस वा गणतन्त्र दिवस अथवा सम्विधानदिवस, डेढ दशकभित्रै फगत सरकारी कार्यक्रममा सीमितभईसकेको छ । हजारौँ जनताको बलिदान र अथक संघर्षको परिणाम हो वर्तमान राजनीतिकव्यवस्था । यस्तोमा राजनैतिकदिवसहरुमाजनता स्वतः स्फूर्तरुपमा यस्ता समारोहहरुमा सामेल हुनूपथ्र्यो, खुशीमनाउनु पथ्र्यो । जनताको संघर्ष र आफ्ना सन्तानहरुको बलिदानको गाथाबारे नयाँ पुस्तालाई उत्साहपूर्वक बताउन सक्नु पथ्र्यो । तर अहिलेका राष्ट्रिय दिवसहरुपनि सरकारी औपचारिकताकादिवसहरु जस्ता भएका छन् । नयाँ राजनीतिक परिवर्तनको डेढ दसकनबित्दै जनतामा देखिएको यो उदासिनताआमजनता राजनीतिक व्यवस्थाबाट पाएको उपेक्षाकै कारण हो, भन्ने तथ्य राजनेताहरुले जति छिटो बुझ्यो, देश र व्यवस्थाको निम्तीत्यतिहितकर हुनेछ । यो राजनीतिमात्रहोइन, न्यायिकअन्तर्यको निम्तीपनिउत्तिकै सान्दर्भिक छ । न्यायिक जटिलतामा उमाशंकरहरुले पाईरहेको उपेक्षा र विभेद न्यायिकमात्रहोइन, समग्र राज्यसत्ताको चरित्रको प्रश्नहो, यो राजनैतिकक्षयरोग हो । व्यवस्थामादखिएका रुग्णताहरुलाई समयमै चिन्न सकिएनभने कि त जनताले नै यसलाई उल्ट्याएर आफू अनुकूलको राज्य स्थापनाको नयाँ संघर्ष शुरु गर्न सक्छन् । यस्तो भयो भने त ठिकै छ । यस्तो भएनभने जनताको उदासीनताको फाइदा उठाएर प्रतिक्रियावादी प्रतिगमनकारी शक्तिहरु पुरोत्थानको प्रयास गर्ने छन् ।

यस्तो भयो भने जनताको दुःखझन् दोब्बर हुनेछ । यस्तो न होस र नेपालीजनताको अथक संघर्ष र बलिदानबाट प्राप्त यो व्यवस्थाजनमुखीहोस र उमाशंकरहरुले हन्डर खानु नपरोस । राजनेताहरुमा यस्तो सकारात्मक सोँचजन्मनु नै शहिददिवस जस्तो राष्ट्रिय दिवसहरु मनाउनुको सार्थकताहुनेछ । त्यसरी नै वर्तमान राजनीतिकव्यवस्थालाई जनतान्त्रिकबनाउनजनस्तरमा गणतन्त्र र शहिददिवस मनाउनु जनताकोपनिकर्तव्य हो । आखिर तीशहिदहरुपनि त हाम्रै सन्तानथिए । शहिदहरु जिन्दाबाद !

Comment


Related News

Latest News

Trending News