अपडेट 
२०७८ माघ १८, मंगलवार ०८:२४

लहान । सिरहाको लहानमा रहेको लिट्टिल स्टार उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुका लागि आयोजना गरिएको दुई दिने निःशुल्क आँखा जाँच शिविर सोमबार सम्पन्न भएको छ ।

लिट्टिल स्टार उच्च माध्यमिक विद्यालय लहानको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा भएको सो दुई दिने निःशुल्क आँखा जाँच शिविरमा ९ सय ८१ जना विद्यार्थीहरुले आँखा जाँच गराएको आयोजक विद्यालय लिट्टिल स्टार उच्च माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल जय प्रकाश चौधरीले बताए । आँखा शिविरमा जाँच गराएकामध्ये १ सय ५ जनामा सामान्य आँखाको समस्या देखिएको तथा ९ जनामा गम्भीर दृष्टि दोष पाइएको उपचारमा सहभागी सगरमाथा चौधरी आँखा अस्पताल लहानका आँखा रोग विशेषज्ञ सोनी साहले जानकारी दिइन् ।

Comment


Related News

Latest News

Trending News