२०७८ माघ १८, मंगलवार ०८:३७

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–८ मोतिपुरका दलित समुदायका परिवारलाई सोमबार कम्बल वितरण गरिएको छ ।

हिंसामा परेकी महिला तथा बालबालिकाको हकहित न्यायको लागि कार्य गर्दै आएकी महिला अधिकारकर्मी पूजा पाठक तिमिल्सिनाले आफ्नो निजी स्रोतबाट मुसहर वस्तीका ५६ परिवारलाइ चिसोबाट बाँच्नको निमित सहयोग पुग्ने उदेश्यले कम्बल वितरण गरेकी हुन् । महिला तथा मानव अधिकारको क्षेत्रमा विगत ३ वर्ष देखि कार्य गर्दै आएकी पाठकले केही दिनदेखि बढ्दै गएको चिसोको कारण समस्यामा परेका दलित ,अपांग , गरिब ,मजदुर परिवारलाई राहत स्वरूप न्यानो बलेंकेट दिएको महिला अधिकारकर्मी पाठकले बताइन् । नेपाली कांग्रेस चन्द्रपुर नगर समितिको सहजीकरणमा आयोजना गरिएको कम्बल वितरण कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेशका प्रदेश संयोजक समेत रहेकी तिमिल्सिनाले समाजसेवा गर्ने आफ्नो ठूलो सपना भएकोले आफू सामाजिक कार्यमा लागि परेको बताए । उनले गरिब , असहाय , दलित , अपांग , एक्ला महिला तथा बालबालिकाहरुको लागि न्यायको संघर्ष गर्दै आएको बताए । अन्यायमा परेकोलाई न्याय दिलाउने प्रयास गर्ने गरेको जिकिर गर्दै सामाजिक विकृति ,विसंगति ,लैंगिक विभेदको अन्त्य गरी सामाजिक रुपमा समानता कायम नभएसम्म समुन्नत समाजको निर्माण हुन् नसक्ने बताए । कम्बल वितरण कार्यक्रममा नेपाली कांग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरि , क्षेत्रीय प्रदेश सभापति निलहरी कोइराला , वडा सभापति लिला तिमिल्सिना , स्थानीय नेता विनोद आचार्य लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News