गौर । सामी परियोजनाको आर्थिक सहयोगमा माण्डवी रौतहटको सहजीकरणमा रौतहट जिल्लामा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरु तथा तिनका परिवारहरु मिलेर जिल्ला प्रशासन रौतहटमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र दर्ता गराएका छन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा उपलब्धिमूलक बनाउनका लागि आप्रवासी कामदार र तिनका परिवारहरुलाई संगठित गर्दै सामुदायिक सशक्तिकरणको माध्यमले समाज तथा देशमा विद्यमान रहेका वैदेशिक रोजगारमा देखिएका ठगी, श्रम शोषण, महिला हिंसा आदि जस्ता गतिविधि तथा विकृतिहरु उन्मूलनका गर्ने उदेश्यले आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको दर्ता गराइएको अरविन्द चौधरीले जानकारी दिए । लक्षित वर्गको सामाजिक, आर्थिक, शैक्षिक, वौद्धिक तथा परोपकार लगायतका सामाजिक विकासका लागि सहभागितामूलक तथा पारदर्शी निर्णय प्रक्रियाबाट एक असल सहकर्मी तथा सहजीकरणको भूमिका निर्वाह गर्दै चेतनशील तथा समतामूलक समाज निर्माण गर्ने अभियानका साथ हरिनारायण साहको अध्यक्षतामा ९ जना सदस्य रहने गरी आप्रवासी कामदार हकहित संरक्षण केन्द्र दर्ता गराइएको छ ।

