राजविराज । जनता समाजवादी पार्टी सप्तरीले पूर्व जिविस उप–सभापति एवम् जसपा नेता भुपेन्द्र प्रसाद चौधरीको निधन प्रति शोक व्यक्त गरेको छ ।
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले एक शोक वक्तव्य जारी गर्दै नेता यादवको निधनप्रति शोक व्यक्त गरेका हुन् । ‘अनगिसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवाका जनता समाजवादी पार्टीका नेता एवम् पूर्व जिविस उपसभापति भुपेन्द्र प्रसाद यादवको ७५ बर्षको उमेरमा निधनको खबरले अत्यन्तै दुखित तुल्याएको छ’, । अध्यक्ष यादवद्वारा जारी शोक वक्तव्यमा भनिएको । स्वर्गीय नेता चौधरीको आत्माको चिर शान्तिको कामना गर्दै शोककाकूल परिवार प्रति धैर्यधारण गर्दे शक्ति प्रदान होस भनी ईश्वरसंग प्रर्थना समेत वक्तव्य मार्फत गरिएको छ । चौधरीको निधनले पार्टीलाई अपुरणीय क्षति भएको भन्दै गहिरो दुख समेत व्यक्त गरिएको छ । पार्टीको हरेक गतिविधिमा सक्रिय स्वर्गीय चौधरीको निधनले सिंगो पार्टीलाई ठूलो क्षति पुगेको छ, शोक वक्तव्यमा उल्लेख रहेको छ । नेता चौधरीको सोमबार बिहान साढे सात बजे निजी निवासमा निधन भएको थियो ।
https://www.youtube.com/watch?v=OlGYOveCUWk


