२०७८ माघ २०, बिहीबार ०७:४०

जनकपुरधाम । जनकपुरधाममा मानवसेवा आश्रमले आफ्नो सेवा विस्तार गर्ने भएको छ ।

आश्रमको सेवा विस्तार प्रारम्भ हुने भएसँगै यहाँको सडकपेटीमा कष्टपूर्ण जीवन बिताउन बाध्य सडक आश्रितहरुको उद्धार हुने भएको छ । खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन बाध्य अनाथ, अपाङ्ग, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोरलाई आश्रममा राखेर पुनरजीवन प्रदान गरिने आश्रमकी जनकपुर संयोजक रीता पोखरेलले बताइन् । आप्mनो लागि केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभइ खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताउन बाध्य सबै उमेर समूहका सहयोगापेक्षीहरुलाई काठमाण्डु ,हेटौडा लगायतमा स्थापित आश्रमले संरक्षण दिंदै आइरहेको छ । २०६९ साल भाद्र १३ गते मकवानपुर हेटौंडाबाट शुभारम्भ गरेको मानवसेवा आश्रमले हाल सातै प्रदेशको १७ जिल्लामा २५ वटा सेवाकेन्द्र सञ्चालन गरी ७ हजार भन्दा बढी सडक आश्रितहरुको उद्धार गरिसकेको छ ।

हाल आश्रमको विभिन्न शाखामा १ हजार ६ सय ५० बढी सहयोगापेक्षी सडक आश्रित रहेको आश्रमका केन्द्रीय सचिव सुमन बर्तौलाले बताए । आश्रमले २०८२ सालसम्म नेपाललाई कोही पनि नागरिक खुला आकाशमुनि,सडकपेटी एवं सार्वजनिक स्थलहरुमा एकगांस भोजन र एकसरो अवस्थाको अभावमा कष्टपूर्ण जीवन बिताउन नपर्ने अवस्थाको सृजना गर्ने लक्ष्य राखेको छ । कुनै पनि वैदेशिक दातृ निकायहरुको शर्त सहितको सहयोग स्वीकार नगरी खुला नेपाली परोपकारी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा आश्रम सञ्चालित रहेको उनले बताए । शाखा विस्तारकालागि आवश्यक तयारी गर्न मानवसेवा आश्रमका केन्द्रीय सचिव÷प्रवक्ता सुमन बर्तौला र धनुषा जिल्ला संयोजक रीता पोखरेल सहितका टोलीले भवन खोजी लगायतको आवश्यक तयारी सुरु गरिसकेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News