अपडेट 
२०७८ माघ २०, बिहीबार ०७:४९

जनकपुरधाम ।पछिल्लो २४ घण्टाको अवधिमा मधेश प्रदेशभरि दुई जना संक्रमितको मृत्यु भएको छ भने ४३ जना नयाँ संक्रमित भएको मधेश प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

सो अवधिमा १ सय ६३ जनामा कोरोना परीक्षण गरिएको बताइएको छ । संक्रमित हुनेहरु मध्ये धनुषाको १५, महोत्तरीको ४, सिरहाको ४, सर्लाहीको १५, रौतहटको दुई,बाराको दुई तथा एक जना अन्य प्रदेशको संक्रमित रहेको प्रयोगशालाद्वारा जारी तथ्यांकमा उल्लेख रहेको छ । त्यसैगरी हाल सम्म प्रदेशभरि संक्रमितहरुको संख्या ४१ हजार १ सय २२ पुगेको छ भने संक्रमणमुक्त हुनेहरुको संख्या ३८ हजार २ सय ६३ रहेको जनाइएको छ । कोरना संक्रमणको कारण हाल सम्म मधेश प्रदेशभरि १ हजार ५५ जनाको मृत्यु भएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News