२०७८ माघ २०, बिहीबार ११:५६

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेसँगै शान्ति सुरक्षाप्रति थप चासो बढाएको छ ।

बुधवार गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायका सबै अंगका प्रमुखहरुको बैठक डाकी शान्तिसुरक्षाको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । यसैबीच गृहमन्त्री खाँणले बिहीबार बिहान विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन संवाद गर्नुभएको छ ।  गृहमन्त्री खाँणले १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जिल्लाको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको हो ।

उहाँले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठकबारे जानकारी लिनुभएको हो ।

मन्त्री खाँणले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन वार्ता गर्नुभएको थियो ।  त्यसैगरी चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) तथा नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग कुराकानी गर्नुभएको छ ।

प्रजिअहरुले गृहमन्त्री आफैले फोन गर्दा काम गर्ने हौसला मिलेको बताएका छन् । यसले आफू मातहतका निकायसँगको सम्बन्ध र तथ्याङ्कबारे जतिबेला पनि जानकारी राख्न सजक गराएको उनीहरुको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News