अपडेट 
२०७८ माघ २१, शुक्रबार ०७:५१

वर्तमान परिवेशमा शिक्षालाई त्यही राजनीतिक शब्दले हेला गरेको छ जसको माध्यमबाट आज कोही राजनीतिज्ञ कहलाउन सकेको छ । वास्तवमा भन्ने हो जसरी विद्धानहरु शिक्षा विना जीवन नै अँध्यारो हुन्छ, त्यसरी हेर्दा राजनीति पनि शिक्षा बिना अपुरो देखिन्छ र हो पनि यही । शिक्षा मानिसको तेस्रोआखाँ हो । शिक्षा बिना सुखि र शान्त जिवन कल्पना गर्न पनि सकिदैन। जसरी दुल्ही (बेहुली) लाई श्रृँगारको आवश्यक पर्छ, त्यसरी नै सुखि र शान्त जीवनको लागि शिक्षा आवश्यक पर्छ। नेपालको ईतिहास र्हेने हो भने विःस १९१० पछि क्रमश शिक्षाको विकास भएको पाइन्छ र शिक्षाले मानवजिवनलाई सरल र सहज बनाउन मदत्त गर्छ । भनिन्छ निः “शिक्षाबिनाको मानिस पशु सराबर हुन्छ ’’। मानिस अरुप्राणी भन्दा सर्वश्रेष्ठ ,चेतनशिल मानिन्छ ।शिक्षा धनको लागि होइन, विश्वास र सफल जीवनको लागि साधना गरिन्छ । धनको आशा राखेर शिक्षा हासिल गर्न खोजियो भने जीवनमा प्राप्त गर्ने ज्ञान र सफलता दुवै गुम्न सक्छ । मानवको जीवनमा शिक्षा र अनुशासन नभएमा जीवनको दौडमा सबैभन्दा पछि जानेछ । यिनको अभावले मानवलाई असफलता नै दिन्छ ।

त्यसैले शिक्षा काम सक्नको लागि होइन, आफू सक्षम हुनको लागि अध्ययनमा लाग्नुपर्दछ । सरकारले पनि विद्यालय शान्ति क्षेत्र हुन् भनी विसं २०६८ जेठ ११ मा घोषणा गरिसकेको छ । जीवनमा स्वस्थ सुखको अनुभूति तबमात्र गर्न सक्छौँ, जुन बेला हामी असल शिक्षक र मित्रको साथमा ज्ञानको सागरमा रमेका हुन्छौँ । जसले हामीलाई ज्ञान, सुझाव र हितको कार्यमा अग्रसरता गराउँदछन् ।आजको युग वैज्ञानिक युग हो । आजका मानिस खोजनीति तर्फ दौडिरहेका छन् । मानिस शिक्षाले गर्दा चन्द्मामा पुग्न सफल भएका छन्। यदि शिक्षा नभएको भए मानिस जङगलबाट बाहिर आउने थिएन होला जस्तो महसुस गर्न सकिन्छ । हुनतः जँगलबाट बौद्धिक विकासको माध्यमले बाहिर आएको हो र त्यसैलाई गहिरो शब्दमा शिक्षा भन्न सकिन्छ , चेतना भन्न सकिन्छ । चेतना भने आउने शिक्षाबाट नै हो । शिक्षा र राजनीति एक अर्काको परिपुरक बिषयबस्तु हुन । राजनीतिले शिक्षालाई डोर्याएको छ , जसले गर्दा राजनीतिले शिक्षालाई धरासयतिर धकेलिदिएको छ । राजनीतिले शिक्षालाई अलग राखेर शिक्षा चल्न सक्दैन। राजनीतिले देखिएको सपना शिक्षाले पुरा गर्दछ । वास्तवमा नेपाली समाज धार्मिक अतिवादले छेदविच्छेद समाज हो । त्यसैले धार्मिक अतिवादको ढर्राबाट हुर्किएको नेपाली राजनीति चेतनशील वर्गहरूलाई कसि लगाउनु कुनै नौलो होइन । यतिखेर नेपाली समाजको शिक्षक र राजनीतिको बिषयलाई लिएर राजनीतिको खोल ओढेर ब्वाँसोको राजनीति गर्ने नेताहरू शिक्षकले विद्यालय नै बिगारे भनेर शिक्षकलाई बन्धि बनाउने प्रयत्न पनि गरिदैछ ।शिक्षक राज्यको दासी हो र ? चेतनशील प्राणीलाई थुनामा राखेर देश बदल्ने सपना नदेखे हुन्छ । एउटा शिक्षक कुनै राजनीतिक दलको झोले बनेर झोला बोकेर असमर्थ होला तर आफ्नो बिचारलाई प्रक्षपन गर्न कसले रोक्न सक्छ ?

एउटा शिक्षक समाज बदल्ने साधक बन्न सक्छ , देश बदल्ने साधक बन्न सक्छ भने राजनीतिको बीँड समातेर राजनीतिक ब्यवस्था बदल्ने साधक बन्न सक्छ कि सकिदैन ? शिक्षा शिक्षकले बिगारेको हैन कि यो कुरा विवेकशीले कुनै पनि शिक्षकलाई स्वीकार्य छैन ।नेपालको शिक्षालाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन राजनीतिलाई शिक्षण संस्थाबाट पृथक गर्नु आवश्यक छ । विश्वका धेरै देशमा विश्वविद्यालयमा राजनीति गर्न पाइँदैन । यसको मतलब पढेका मान्छेले राजनीति नगरुन भनेको होइन । राजनीतिक प्रणाली आफैंमा गलत हुन सक्दैन । तर, अभ्यासले गलत परिणाम निम्त्याउने हो । त्यसैले शिक्षण संस्थाबाट राजनीति स्वतन्त्र हुनुपर्छ भन्ने तर्क पनि स्वाभाविक हो । तर, पढेकै मान्छेले मात्रै राजनीति बुझ्ने भएकाले ऊ राजनीतिबाट बाहिर बस्न पनि सक्दैन । विकसित समाजमा नेताको अभाव हुन्छ, अर्धविकसित समाजमा कार्यकर्ताको अभाव हुन्छ । नेपाल नेता धेरै कार्यकर्ता कम भएको देश हो । एउटा व्यक्ति जो राजनीति गर्दैन, ऊ राजनीतिको गलत अभ्यासको शिकार भइरहेको छ । ऊ स्वतन्त्र व्यवसाय गरेर बाँच्छु भन्न नपाउने अवस्था भइसक्यो । कुनै न कुनै सूत्रबाट प्रत्येक मान्छे राजनीतिमा गाँसिन बाध्य भइसकेको छ । राजनीतिकर्मी उत्पादन गर्ने शिक्षा आजको खाँचो हो । शिक्षित र चेतनशिल नागरिकमा राजनीतिक चेतना पनि उच्च हुनु अतिआवश्यक हो । नियम र नीतिमा शैक्षिक वातावरण कायम राख्न किन सकिएको छैन रु यस्ता कतिपय प्रश्नहरु राजनीतितर्फ औंलिन्छन् । विद्यार्थी, शिक्षक, कर्मचारीलाई आफ्नो योग्यता, क्षमता अनुसार दक्षता प्रदर्शन गरी विवेकपूर्ण निर्णयहरु लिनलाई राजनीतिले प्रभाव पारेको प्रस्ट देखिन्छ ।मुलुकमा भएको राजनीति शिक्षा नीतिमा मुखरित हुनुपर्छ । हाम्रो देशमा स्थापित संघीयता, गणतन्त्रात्मकता र समाजवादोन्मुख आर्थिक नीतिको जग बसाउने र सोही अनुसारका दक्ष नागरिक तयार गर्ने काम शिक्षा क्षेत्रको हो । राजनीतिले शिक्षा नीति बनाउने भएकोले देशलाई विश्वसामु एक सफल राष्ट्र बनाउन राजनीतिको भूमिका हुन्छ । अहिले परिभाषित गरिएको राजनीति भनेको क्षणिक लाभ र व्यक्तिगत लाभलाई मानिएकै कारण शिक्षा क्षेत्र राजनीतिबाट आक्रान्त भएको हो ।

राजनीतिमा आउने विकृति र विसंगतिलाई न्यूनीकरण गर्नका लागि समेत शिक्षाको अतुलनीय योगदान रहन्छ, तर शिक्षामा अशोभनीय स्वार्थी राजनीति गर्नु घातक छ । शिक्षा विगारेको राजनीतिको खोल ओढ्ने विवेकहिन राजनीति अन्धभक्तहरूले बिगारेको । अस्थायी शिक्षक नियुक्ति गर्ने बेला राजनीतिको खोल ओढ्ने दाम र भेटी चढाउन सक्ने भरौटे शिक्षक नियुक्ति गर्ने ,शिक्षा कार्यलयमा शैक्षिक माफियाहरू शैक्षिक दलालको केन्द्र बनाउने अनि गुणस्तरको खोट शिक्षकलाई किन ? आफ्नो रबैयाको लागि अनावश्यक विद्यालय स्थापना गर्ने तर शिक्षक व्यवस्थापन न्यायोचित तरिकाले नगर्ने अनि शैक्षिक गुणस्तरमा शिक्षकलाई खोट देखिनु कति जायज छ ? शिक्षा कार्यलय घुषखोरी र शैक्षिक माफियाको थलो बनाउने खोट शिक्षकलाई किन ? एउटा कुशल विद्यालय प्रशासकलाई राजनीति प्रति झुकाव हुन सक्छ तर आस्थाको नाम गोबर गणेशलाई शिक्षा क्षेत्रमा भित्र्याउन नैतिकता मान्यताले दिदैन तर दूरभाग्य राजनीतिको खोल ओड्ने शिक्षा कार्यलयको शैक्षिक दलालहरू अनि दिशाबिहिन राजनीतिक दलको झोले कार्यकर्ताले आफ्नो तानशाह प्रवृत्ति लाद्नको लागि प्रशासकलाई असफल बनाइन्छ ।असल शिक्षा असल नागरिक उत्पादन गर्ने चेतना निर्माणको प्रक्रिया हो । देश र समाजको उन्नतिका लागि योग्यतापूर्वक अन्तरआत्मादेखि नै समर्पित हुन शिक्षाले आधारको काम गर्छ । शिक्षा नभएको मानिस धर्म नमान्ने मानिस सरह हुन्छ । शिक्षाले मानिसलाई नम्रता, ऊर्जा, सहनशीलता दिन्छ, यी गुणहरुको अभावमा मानिस समाजमा मिलेर बस्नै सक्दैन । समाजसेवा भने कै मानवसेवा हो । मानिसमा रहेको मानवतावादी सोचले नै परोपकारी भावनाको विकास हुने हो र परोपकारी भावनाले नै मानिसलाई जीवनको सही अर्थ दिने हो । हरेक क्षेत्रमा योगदानको आवश्यकता रहने युवामा वेलैदेखि शैक्षिक साथै राजनीतिक चेतना पनि हुनु जरुरी छ । तर, हाम्रो देशमा राजनीतिलाई नितान्त समाजसेवा र राष्ट्रसहित भन्दा पनि व्यक्तिगत, दलगत निहित सत्ता स्वार्थमा बढी प्रयोग गरिएका कारण यसको छवि धमिलो बनाइएको पाउन सकिन्छ । फलस्वरूप, आम सर्वसाधारणहरुमा निराशा पैदा भएको छ ।

सामान्य सर्वसाधारणमा एकातिर राजनीति नै देशको सबैभन्दा मुख्य संयन्त्र हो भन्ने भान परेको छ भने अर्कातिर देश कैयौं वर्षदेखि अस्थिरताको भुमरीमा परेर प्रगतिपथमा अगाडि बढ्न नसक्नु, भ्रष्टाचार, सामाजिक अपराध, बेरोजगारीजस्ता दुश्चक्रमा फस्नुको कारण पनि यही अस्वस्थ्य राजनीति नै हो भन्नेमा द्विविधा छैन ।हाम्रो देशमा विद्यमान यथास्थिीतिबादी सोचले गर्दा सक्षम र योग्य यूवालाई राजनितीबाट हतोत्साही गरेर नेतृत्व असक्षम ÷अयोग्यको हातमा जानुनै दुर्भाग्यपूर्ण हो । देशको हरेक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले राजनीतिक कर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा ठूलो मान्छे भन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्नेखालको शिक्षा खट्किएको छ । हरेक प्रशासनिक निकायमा राजनीतिक गिद्धेदृष्टि राखेर च्याँखे थाप्ने प्रवृत्ति हावी भएको बग्रेल्ती उदाहरण छन् । समयको माग अनुसार शिक्षाको विकास र विस्तार गर्न राजनीति केन्द्रित हुनुपर्ने हो । व्यक्तिको भन्दा विधिको, नेताभन्दा नीतिको, सिम्प्टमभन्दा सिस्टमलाई सम्बोधन गर्नेखालको दृढ इच्छाशक्तियुक्त राजनीतिकर्मी उत्पादन गर्ने शिक्षा आजको खाँचो हो ।शिक्षाको विकास र बिस्तार गर्ने क्रममा कतिपय अवस्थामा राजनीति साधक नभएर बाधक बनेको देखिन्छ । विद्यालयस्तरीय होस् वा उच्च शिक्षामा अनावश्यक राजनीति व्याप्त छ । राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निर्बाध रुपमा सञ्चालन हुन पाएका छैनन् ।नेपाली नेताहरुको सबैभन्दा ठुलो कमजोरी नै परिर्वतनलाई संस्थागत गर्न नसक्नु तथा नेतृत्व आफु नमरुञ्जेल अरुलाई नदिनु, जसरी भए पनि पैसा र सत्ताको दुरुपयोग गरेर आफनो कार्यकाल लम्याइरहनु हो । परिर्वतनका लागि नेपाली नेताहरुले खेलेको भूमिकालाई प्रशंसा गर्नैपर्छ । तर, परिवर्तनलाई संस्थागत गरेर विकासको दिशामा मुलुकलाई लान नसक्दा सबै उपलब्धि गुम्ने खतरा पनि बढेको छ । आज राजनीतिक दलहरूभित्र र उनीहरूबीच विश्वासकै अभावले सानातिना कुरामा पनि विवाद हुने गर्छ। अब देशमा राजनीतिक मुद्दा भन्दा पनि सबै राजनीतिक दलले आर्थिक विकाश र सम्वृद्धिको मुद्दा लाई प्राथमिकता दिनुपर्दछ ।

शिक्षित युवाहरूलाई ध्वशाँत्मक राजनीतिबाट माथि उठाई विकाश निर्माण,उत्पादन र रोजगारीको विषयमा अगाडि बढाउनु पर्दछ । अब राजनीतिक दलका एजेन्डा हरुमा आर्थिक विकाशको पाटो लाई महत्त्व का साथ उठाउनु जरुरी छ । देश निर्माणको साझा उद्देश्य प्रत्येक राजनीतिक दलको मुख्य एजेन्डा बन्नुपर्दछ । जबसम्म बिद्यालयमा राजनीतिको खोल ओढ्ने झोले र भरौटेहरू विद्यालय अध्यक्ष बनाइन्छ तबसम्म सामुदायिक विद्यालय अक्षम व्यक्तिको हातमा जान्छ ।शिक्षासँग सम्बन्धित कुनै पनि निकायमा दलालको हात नहोस् त शिक्षा कसरी धरासय हुन जान्छ ? कुनै पनि प्रकारको शिक्षक एउटा मात्र निकायबाट नियुक्ति होस् त कसरी हुन्छ शिक्षामा धरासय । आज सामुदायिक विद्यालय राजनीतिक दलले कार्यकर्ता भर्ती गर्ने थलो बनाएको छ । सबैको एउटै लक्ष्य ज्ञान लिने, सिक्ने, बुझ्ने र भविष्यमा आफ्नो ज्ञानको प्रयोग गरी समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्ने नै हो। दिनानुदिन हाम्रो शिक्षा व्यावहारिक भन्दा सैद्धान्तिक बढी भएको छ।आज शिक्षा कार्यलयको दलालहरू योग्य र सक्षम शैक्षिक नेतृत्वभन्दा दाम प्रसाद अनि झोले प्रसाद शैक्षिक नेतृत्व खोजिरहेका हुन्छन अनि दोष शिक्षकलाई ? यहाँ शिक्षक दोषि हैन आफ्नो झोले, दाम प्रसाद अनि थर्ड डिभिजन वालालाई जवरजस्ति एसएलसी पास वालालाई टीका लगाएर शिक्षक भिल्ला ओढेर पठाउने शैक्षिक दलालहरूको दोष हो अनि राजनीतिको खोल ओढ्ने अराजनीतिक नेताको दोष हो । राजनीति भनेको परिवर्तनको वाहक हो, सत्तामा पुग्ने साधन मात्र होइन । राजनीति परिवर्तनको लागि हुन्छ र त्यो सिर्जनशील पनि हुन्छ ।हाम्रो समाजमा शिक्षक भनेको सामाजिक चेतनाको प्रतिनिधिपात्र हो ।राजनीतिक परिवर्तनप्रति जनताको अपेक्षा हमेशा वस्तुस्थितिभन्दा अलि बढी हुन्छ। फलस्वरूप, तिनमा परिवर्तनको गति ढिलो हुनेबित्तिकै निराशा उत्पन्न थाल्छ । त्यसैले शिक्षा मन्त्रलय सम्हाल्न शिक्षा मन्त्री हुन पुग्ने राजनीतिको बेलुनको खोल ओढ्ने मन्त्रीहरू सक्नुहुन्छ भने विद्यालयमा राजनीतिक नियुक्ति बन्द गर्नुहोस । झोले घुषखोरी शैक्षिक दलालहरू नियन्त्रणमा लिनुहोस् । विद्यालयमा राजनीतिक हस्तक्षप बन्द गर्नुहोस् । तब सामुदायिक विद्यालय सुध्रन्छ । विद्यालयको सबै जिम्बेवारी प्रशासनलाई दिनुहोस नत्र शिक्षकलाई राजनीतिमा बन्धि बनाएर देश बन्नेछैन । समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न दक्ष जनशक्ति उत्पादन गर्न साधनस्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनु पर्छ ।

विद्यार्थीको प्रतिभालाई प्रस्फुटित गरेर उनीहरुको उर्जाशील क्षमतालाई सामाजिक रुपान्तरण र देश विकास गर्न राजनीतिले नै निर्णायक भूमिका खेल्छ । शिक्षा र शिक्षकको सन्दर्भमा राजनीतिको पनि नयाँ परिभाषा गरिनुपर्छ । शिक्षकलाई पार्टीको झ्ण्डा बोक्ने कार्यकर्ताको रूपमा लिन छोडेर हिजोको जस्तै समाज परिवर्तनको पात्रको रूपमा लिने अभ्यास सहितको पुनः परिभाषा गरिनु जरुरी छ । यसो गर्दा शिक्षकहरूलाई ‘ प्रोफेसनल’ बन्न प्रेरित गर्न सकिन्छ । बिहान देखि बेलुकासम्म स्कूललाई पहिलो प्राथमिकतामा राख्नु नै एउटा शिक्षकको ‘ प्रोफेसनालिजम’ हो ।शिक्षाले राजनीतिलाई मार्ग निर्देश गर्न सक्नुपर्छ। जहाँ राजनीतिले शिक्षालाई पुरै दवाउँछ अनि आफ्नो स्वार्थ अनुकूल चलाउँछ, त्यो समाज अघि बढ्न सक्दैन। यस्ता अनावश्यक दलीयकरणले समाजमै अविश्वास अनि निराशा ल्याउँछ। तसर्थ, राजनीतिले शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ। शिक्षासँग स्वास्थ्य, अर्थतन्त्र, राजनीति, सु–शासन आदी प्रत्यक्ष जोडिएका विषय हुन्। शिक्षाको सुधारले अन्य क्षेत्रमा स्वतः सुधार ल्याउँछ।अहिले राजनीतिलाई शिक्षाले डो¥याउन सकेको छैन अनि शिक्षालाई राजनीतिले दिशा दिन सकेको छैन।राजनीतिले देखिएको सपना शिक्षाले पुरा गर्ने हो। अनि शिक्षाले नै अर्को पुस्ताको नेतृत्व जन्माउने हो । लेखकः जनकपुर जेसीज का उपाध्यक्ष तथा ईन्जिनियरिङ विद्यार्थी हुन ।

Comment


Related News

Latest News

Trending News