२०७८ माघ २२, शनिबार ०८:२५

राजविराज । सप्तरीको राजविराज नगरपालिका–१६ बोरियामा व्यापक अनियमितता भएको भन्दै स्थानीयवासीहरुले तालाबन्दी गरेका छन् ।

नपाद्वारा गरिएको विकास निर्माणको कार्यमा अनियमितता भएको भन्दै आन्दोलन संघर्ष समितिले वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । राजविराज नगरपालिका–१६ वडाको विकास निर्माण कार्यमा व्यापक अनियमितता भएको तथा उपभोक्ता समितिमा वडा अध्यक्ष गुजाइ दासले आफ्नो नाता गोताका व्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरेको आरोप समेत समितिका पदाधिकारीहरुले लगाए । वडाअध्यक्षले गरेको कामकाजबारे हिसाब सार्वजनिक नगरेको भन्दै गठित संघर्ष समितिको अगुवाइमा वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको समितिका अध्यक्ष राम लखन यादवले बताए । उनका अनुसार वडामा भइरहेको विकास निर्माण कार्य पारदर्शी हुनुपर्ने तथा विकास निर्माण भएको आर्थिक अनियमितता विरुद्ध संघर्ष समिति गठन गरी विकास निर्माणका लागि वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको बताए । माग पूरा नभएसम्म तालाबन्दी जारी रहने समितिले जनाएको छ । तालाबन्दीको कारण वडाबाट प्रवाहित हुने सम्पूर्ण कामकाज प्रभावित भएको छ । तालाबन्दीको कारण सेवाग्राहीहरु समस्या भोग्न बाध्य बनेका छन् ।

Comment


Related News

Latest News

Trending News