अपडेट 
२०७८ माघ २२, शनिबार ०८:३०

जनकपुरधाम । ईन्टरनेट प्रविधि मार्फत घर सम्मै पुगेर यातायात सेवा दिने उद्देश्यका साथ स्थापना भएको आयो स्मार्ट क्याब सेवा जनकपुरधाममा पनि प्रारम्भ भएको छ ।

जनकपुरधाममा शुक्रबार आयोजित एक कार्यक्रमबीच आयो स्मार्ट क्याब सेवाको मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले प्रविधिको युगमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको यस सेवाले सर्वसाधारणलाई सहज हुने मात्र नभइ यहाँको आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । ईन्टर ऐप मार्फत यातायात सेवा सुरु हुनु अत्यन्त खुशीको कुरो रहेको मन्त्री साहले उल्लेख गरे । कार्यक्रममा क्याबका फाउण्डर राजेश प्रसाद साहले कार,एम्बुलेन्स तथा मोटरसाइकल मार्फत कम्पनीले सेवा प्रदान गर्ने जानकारी दिए । उनले जनकपुरधामलाई केन्द्र विन्दुमा राखेर ५० किलोमिटरको महोत्तरीको जलेश्वर,बर्दिवास, सिरहाको मिर्चैया लगायतको स्थान सहितमा सेवा प्रदान गरिने र सोको लागि ४ हजार राईडर(चालक) समेत आवश्यकता पर्ने भएकोले यसले ठूलो रोजागारीको अवसर रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News