अपडेट 
२०७८ माघ २२, शनिबार ०८:३९

पछिल्लो २४ घण्टाको अवधिमा मधेश प्रदेशभरि २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने एक संक्रमितको मृत्यु भएको छ ।

पर्सा जिल्लाको पोखरिया नगरपालिकाको ७० वर्षीय एक महिला संक्रमितको मृत्यु भएको मधेश प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोशालाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभरि १ सय २८ जनामा कोरोना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ७७ वटा पिसिआर परिक्षण गर्दा १० वटा नयाँ पोजिटिभ केस र ३ वटा फ्लोअप केस, गजेन्द्र ना.सिंह सगरमाथा अस्पताल राजविराजमा ११ वटा पिसिआर परीक्षण गर्दा २ वटा नयाँ पोजिटिभ केस,, जलेश्वर अस्पताल पिसिआर ल्याबमा ९ वटा पिसिआर परिक्षण गर्दा ३ वटा पोजिटिभ केस रहेको छ भने गौर अस्पताल रौतहटमा ११ वटा पिसिआर परीक्षण गर्दा सबै नेगेटिभ रहेको, नारायणी अस्पताल वीरगंजमा २७ वटा पिसिआर परीक्षण गर्दा ८ वटा नयाँ पोजिटिभ केस र १ वटा ऐन्टिजेन पोजिटिभ केस रहेको प्रयोगशालाले जनाएको छ ।

सो अवधिमा संक्रमित हुनेहरु मध्ये धनुषाको ६,महोत्तरीको ४,सप्तरीको तीन,सर्लाहीको ३,बाराको दुई तथा पर्साको पाँच र अन्य प्रदेशको एक जना रहेको जनाइएको छ । यसैको साथ प्रदेशभरि संक्रमणको कारण मृत्यु हुनेहरुको संख्या जम्मा १हजार ५६ पुगेको छ । सो मध्ये सप्तरीमा १ सय ६१, सिरहामा १ सय ३५, धनुषामा १ सय ३२, महोत्तरीमा ९१, सर्लाहीमा ९३, रौतहट मा १ सय २९, बारामा १ सय ८१, पर्सामा १ सय ३३ तथा एक जना भारतीय नागरिक रहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News