अपडेट 
२०७८ माघ २३, आईतवार ०८:२०

जनकपुरधाम । इन्दु साह फाउण्डेशनको तीन दिने राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।

राहत वितरणको क्रममा फाउण्डेशनले महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका— २ मधपुरामा जाडोबाट पीडित १ सय २६ गरिब, दलित–विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गरेको छ । फाउण्डेशनले मधपुराको टोल टोलमा आकस्मिक राहत वितरण कार्यक्रमको आयोजना गरेर मुसहर तथा डोम समुदायको १ सय २६ परिवारलाई ५ सय १७ थान चिसोबाट जोगिने उद्देश्यले कम्बल ,ट्राउजर, जेकेट लगायतको सामग्रीहरु वितरण गरेको हो । इन्दु साह फाउन्डेशनले जाडोबाट पीडितहरुलाई सहयोग पुग्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको समितिका कोषाध्यक्ष राजाबाबु साहले जानकारी दिए । यस अघि फाउण्डेशनले सोही गाउंका करिब पाँच सय बाढी पीडित परिवारलाई खाद्यान्न सामग्री लगायतको राहत वितरण गरेको थियो । उनका अनुसार फाउण्डेशनले कोरोना संक्रमणको क्रममा भएको बन्दा बन्दीको बेला समेत डोम तथा मुसहर परिवारका बालबालिका सहितकालाई खाद्यान्न लगायतका सामग्री वितरण गरी सहयोग गरेको र भविष्यमा पनि पिछडिएका समुदायका बालबालिकाहरुलाई शिक्षा आर्जन गर्न सहयोग गर्न तत्पर देखिएको छ ।

फाउण्डेशनले आयोजना गरेको राहत वितरण कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष रामप्रकाश यादव,समाजसेवी दीपेन्द्र कुमार साह, वडा अध्यक्ष राम एकवाल दास, सह– सचिव राना देवी साह,सदस्य रीना साह सहितकाले पीडित परिवारलाई राहत हस्तानान्तरण गरेका थिए ।

Comment


Related News

Latest News

Trending News