अपडेट 
२०७८ माघ २३, आईतवार १६:०४

कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेकाे अहिलेसम्मकाे संख्या जानकारी गराएकाे हाे ।

मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको छ ।

मन्त्रालयले शनिबार कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको पनि बताएको छ । केही हप्ता यता संक्रमणको संख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन ।  शनिबार मात्र त्यो भन्दा अघिको २४ घन्टामा १ लाख २७ हजार जनामा कोभिडको संक्रमण पाइएको पनि सो समाचरमा जनाइएको छ ।

भारतीय अधिकारीहरुले अहिलेसम्म भारतमा कोभिड १९ बाट ४ करोड २० हजारभन्दा बढी मानिस संक्रमित भएकाे बताएका छन् ।

भारतमा पछिल्ला समयमा ओमिक्रोनको संक्रमण बढेको छ । तर यसअघिको दोस्रो वेभमा डेल्टा भाइरसको संक्रमणका समयमा भन्दा बढी खतरनाक अवस्था भने नरहेकाे उनीहरूकाे भनाइ छ ।

Comment


Related News

Latest News

Trending News