अपडेट 
२०७८ माघ २४, सोमबार ०७:३४

देशकै अग्रणी स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यातको प्रारम्भ गरेको छ ।

नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका “कलर कोटेड कोइल्स तथा शिट”हरुको लोकप्रियता तथा माग विदेशमा समेत बढेर गएको छ । कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन,जगदम्बाका“कलर कोटेड कोइल्स तथा शिट”हरु दक्षिण पूर्वी, मध्यपूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति माग सहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित समेत भएको छ । “उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिवद्धता हाम्रो प्रथम प्राथमिकता हो । गुणस्तरको सुनिश्चिततार्थ अत्याधुनिक प्लान्ट मार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाँका लागि हामी सदैव कृतज्ञ छौँ । यो मायाँले अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ ।” तेस्रो देश निर्यात प्रारम्भ कार्यक्रममा बोल्दै शंकर ग्रुपका अध्यक्ष लाल अग्रवालले भने । यस संगै गुणस्तरको निरन्तरताका लागि प्रतिवद्धता व्यक्त गर्दै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जाने थप उर्जा समेत प्रवाहित भएको उनले बताए । g

Comment


Related News

Latest News

Trending News