२०७८ माघ २४, सोमबार ०७:४०

श्रीपञ्चमीको अवसरमा महोत्तरीसहित मिथिलाञ्चलमा किसानले आज हलो र गोरुको पूजा गरेका छन् ।

परम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आइतवारका दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्ने गरेका छन् । किसानले आ–आफ् ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबीर, चामल, लड्डुलगायतका वस्तुसहित हलो राखेर पूजाआजा गरेका छन् । घर बाहिर गोरुलाई नुहाएर रङ्गीचङ्गी डोरी लगाएर पूजा गरेका छन् । किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलन छ । आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्न लगाउने तथा बाच्छोबाट गोरुको रुपमा तयार भइसकेकालाई समेत आजका दिनबाटै गोरु बनाउने चलन छ । किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औँजारलाई नयाँ धार लगाएर प्रयोग गर्ने चलन छ । श्रीपञ्चमीको अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर एक किसिमको कृषि प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर हलो जोतेर एक आपसमा अबीर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्दछन् ।

मिथिलाञ्चलका किसान आजका दिनदेखि आफ् नो खेतीपाती सुरु भएको समेत मान्दछन् भने आजैका दिनबाट आ–आफ्ना बाँझो खेतबारीसमेत जोत्ने कामको शुभारम्भ गर्दछन् । हलो गोरु पूजाका अवसरमा मिथिलाञ्चलको गाउँगाउँमा सयौं गोरु एक्कैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरै रुपमा राखेर गइरहेको दृश्य देख्न सकिन्छ । हलो र गोरु पूजा जलेश्वरलगायत जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामा एकसाथ गरिएको छ । रासस

Comment


Related News

Latest News

Trending News