२०७८ माघ २४, सोमबार १८:३७
मधेस प्रदेशसभाको दुई संसदीय समितिको नेतृत्वका लागि निर्वाचन हुने भएको छ ।
एक समितिमा भने माओवादी तर्फबाट प्राकृतिक स्रोत तथा वातावरण समितिमा जगतप्रसाद यादवको मात्र उम्मेदवारी परेको छ । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीबाट सार्वजनिक लेखा समितिको सभापति पदका लागि प्रह्लाद गिरी गोस्वामीले उम्मेदवारी दर्ता गराएका छन् । लेखा समितिमा सत्तारुढ दलको तर्फबाट नेपाली काँग्रेसका नरेश कुमार यादवले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै कृषि तथा भूमि व्यवस्था समितिमा विपक्षी दलको तर्फबाट नेकपा एमालेबाट जगतारण देवीले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि नै सत्तारुढ दल नेकपा एकीकृत समाजवादीबाट मदनसेन श्रीवास्तवले उम्मेदवारी दर्ता गराएका थिए ।

