२०७८ माघ २५, मंगलवार ०७:४५
हनुमाननगर । सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–१४ रम्पूरा मल्हनियामा मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साहले चिसो तीन सय परिवारलाई कम्बल वितरण गरेका छन् ।
सोमबार आयोजित एक कार्यक्रम बीच स्थानीय ज्येष्ठ नागरिक,एकल महिला गरी तीन सय भन्दा बढी व्यक्तिलाई जाडोबाट जोगिने कम्बल वितरण गरेका हुन् । कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिका–१४ का वडा अध्यक्ष सत्यनारायण यादवको उपस्थितिमा मन्त्री साह सहितका सहभागि व्यक्तिहरुले जाडो पीडितहरुलाई कम्बल प्रदान गरेका थिए । कम्बल भेटेपछि जेष्ठनागरिक तथा एकल महिलाहरुले खुशी व्यक्त गरेका थिए ।

