अपडेट 
२०७८ माघ २५, मंगलवार ०७:५७

कलैया । मातृत्व र शिशु मृत्यु दर कम गर्न जीतपुर सिमरा उप–महानगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई मातृत्व र शिशु मृत्यु दर घटाउँने बिषयमा प्रशिक्षण दिइएको छ ।

जीतपुरसिमरा उप– महानगरपालिकाको १६ वटै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिनुको साथै मातृ शिशु दर घटाउन छलफल समेत गरेको छ । छलफलको क्रममा जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख रबि भाष्करले सुत्केरी महिलाहरुको स्वास्थ्यको समय–समयमा हेरविचार गरिएमा आमा र बच्चा दुबैको जीवन रक्षा गर्न सकिने बताए । गर्भवती महिला बिशेष कारणबश स्वास्थ्य संस्थामा आउन नसकेमा ,घरमै गएर उपचार गर्ने व्यवस्था मिलाइएको जनस्वास्थ्य शाखा प्रमुख भाष्कारले जानकारी दिए । जटिल समस्याका कारण गर्भवती महिलालाई अन्य स्वास्थ्य केन्द्रमा लैजाने अवस्था आएमा एम्बुलेन्सको भाडा पनि उप–महानगरपालिकाले व्यहोर्ने स्वास्थ्य प्रबद्र्धन शाखाका सिनियर अहेब अधिकृत रञ्जिता साहले जानकारी दिईन् । अधिकृत साहले एम्बुलेन्सका सञ्चालकहरुसँग पनि यस बिषयमा कुराकानी भएको छ , उनीहरुको एम्बुलेन्सले हामीले तोकेको भाडा दरमा नजिकै रहेको स्वास्थ्य केन्द्रमा गर्भवती महिलालाई उपचारकोलागि पु¥याउनुहुन्छ ,जसको भाडा उपमहानगरपलिकाले व्यहोर्ने छ । स्वास्थ्यकर्मीहरु उपचारकालागि गर्भवती महिलाहरुको घर–घर सम्म पुगेर उपचार गर्दा ,उनीहरुलाई प्रोत्साहन स्वरुप केही भत्ता रकम पनि उपलब्ध गराउने सिनियर अहेब अधिकृत जितन ठाकुरले बताइन् । प्रशिक्षण कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उप– महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले गरेका थिए । उनले ईमान्दारी पूर्वक स्वास्थ्यकर्मीहरुलाई जनस्वास्थ्यको सुरक्षामा लाग्न आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News