अपडेट 
२०७८ माघ २५, मंगलवार १२:०८

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापवाल सुनको मूल्य आज ९३ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको आजको मूल्य १२ सय ६० रुपैयाँ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News