अपडेट 
२०७८ माघ २५, मंगलवार १५:४५

अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि ३८ अर्ब रुपैयाँ बजेट माग भएकोे बताएको छ ।

अर्थ मन्त्रालयले १२ अर्ब निर्वाचन आयोगले र सुरक्षा निकायले २६ अर्ब रुपैयाँ बजेट माग गरेको जनाएको छ ।
सरकारले आगामी बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै अर्थ मन्त्रालयसँग माग गरेको हो । ५ वर्ष अगाडि निर्वाचन आयोगले तीन चरणमा भएको स्थानीय तह निर्वाचनको लागि ८ अर्ब खर्च गरेको थियो । अहिले १२ अर्ब बजेट चाहिने माग गरेको हो ।

अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले स्थानीय तह निर्वाचनको लागि करिब ३८ अर्ब बजेट माग भएको र १० अर्ब दिने स्थितिमा रहेको जानकारी दिनुभयो । तर विभिन्न निकायले माग गरे बमोजिम रकम दिन नसकिए पनि आवश्यक रकम अभाव हुन भने नदिइने जानकारी गराउनुभयो ।

Comment


Related News

Latest News

Trending News