२०७८ माघ २६, बुधबार ०७:३३

सिरहा । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिमा दलितहरुको प्रनिधित्वबारे छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

मंगलबार सिरहाको मिर्चैयामा दलित सरोकार मञ्च नेपालले दलित एवम् दलित महिलाको प्रतिनिधित्व कसरी बढाउन सकिन्छ भन्ने विषयमा छफफल केन्द्रित रहेको थियो । छलफलमा सहभागी भएकाहरुले जिल्लाका विभिन्न राजनीतिक पार्टीमा आवद्ध दलित भातृसंगठनका अगुवाहरुले केही स्थानीय तहमा दलित दलित बीच प्रतिस्पर्धा गर्ने नियम बनाउनु पर्ने माग गरेका छन् । भारतमा जस्तै नेपालमा पनि स्थानीय तहमा दलितहरुको लागि आरक्षण कोटाको व्यवस्था गर्नु पर्ने तथा एकै गाउँपालिका र नगरपालिकामा सधैँको लागि नभइ रोटेशनको आधारमा दलितहरु मात्र उम्मेदवार बन्न पाउने गरी संविधानमा संशोधन गर्नुपर्ने माग समेत उनीहरुले अगाडि बढाएका छन् । जिल्लाको कूल जनसंख्याको २२ प्रतिशत दलितहरु रहेको मध्ये अधिकांश वडाहरुमा दलितको जनसंख्या ३० प्रतिशत भन्दा बढी रहेकोले ती वडाका वडाअध्यक्षमा दलितलाई अनिवार्य अवसर दिन राजनीतिक पार्टीहरुसंग माग समेत गरिएको छ । सिरहाको १७ वटा पालिकामा एक जना दलित कर्जन्हा नगरपालिकाका नगर प्रमुखमा निर्वाचित भएका छन् ।

१७ वटा पालिकामा एउटै पनि उपप्रमुख वा उपाध्यक्ष निर्वाचित छैनन् । कूल १ सय ६४ वडाअध्यक्षमा मधेशी दलित १ जना ( ०.६१ प्रतिशत) जसमा पहाडी दलित १ जना गरी २ जना वडाअध्यक्ष निर्वाचित रहेका छन् । सिरहा जिल्लाको ३ सय २८ खुल्ला वडा सदस्यमा पहाडी दलित २ (०.६१ प्रतिशत) र मधेसी दलित ३४ (१०.३७ प्रतिशत)मात्र निर्वाचित भएका छन् । दलित महिला सदस्य १ सय ६३ जना निर्वाचित भएर आएको छ । कार्यक्रममा सहभागीहरुले दलित पुरुषको सहभागिता नगराइए दलित महिलाहरुले चुनाव वहिष्कार गर्ने चेतावनी समेत दिएका छन् ।

Comment


Related News

Latest News

Trending News