अपडेट 
२०७८ माघ २६, बुधबार ०७:३३

मलंगवा । नेपाल बैंक लिमिटेड मलंगवा शाखाबाट एकजना ग्राहकको रकम चोरी भएको छ ।

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–२का बोनी ट्रेडर्सका संचालक शिवनाथ प्रसादको नाममा रहेको खाताबाट फरक–फरक मिति र समयमा गरी १ लाख ७८ हजार ३ सय ४० रुपैयाँ चोरी भएको छ । नेबंैलिको मलंगवा शाखामा आफूले बोनी ट्रेडर्सको नाममा ०२ ९००१०१२१२१४७०००००१ नम्बरको खाता र आफ्नो नाममा ०२९०१००७१२६९४७०००००१ नम्बरको खाता संचालन गर्दै आएको र सोही खाताहरुबाट आफूलाई कुनै किसिमको जानकारी नगराइ विभिन्न मिति र समयमा रकम झिकिएको उनले बताए । आफूले खाताबाट पैसा नझिक्दा पनि रकम हराएको जानकारी पाए लगत्तै नेबैलि मलंगवा शाखा प्रबन्धक शम्भु ठाकुरलाई सो कुराको जानकारी गराइ खाताबाट चोरी भएको रकम तुरुन्त खातामा जम्मा गराइ दिन भन्दै नेबैलि मलंगवा शाखामा लिखित निवेदन दिएका छन् । त्यसको साथै रकम निकाल्ने व्यक्तिको बारेमा छानबिन गरि चोरी भएको रकम उपलब्ध गराइ दोषीलाई कानून बमोजिम कारवाही गर्न भनी जिल्ला प्रहरी कार्यालय मलंगवामा समेत लिखित उजुरी दिइसकेको शिवनाथले जानकारी दिए ।

नेबैलि मलंगवा शाखाका प्रवन्धक ठाकुरले आफूले जानकारी पाउने बित्तिक्कै हेड अफिसमा जानकारी गराएको र हेड अफिसले पनि फोन पे कम्पनीलाई छानबिनको लागि भनिसकेको र उक्त कम्पनीले पनि सम्बन्धित ठाउँहरुमा जानकारी पठाइ सकेको जानकारी दिएको छ । धेरै ठाउँमा खाता रोक्का समेत गरिसकिएको छ । यो एउटा गम्भीर विषय भएकोले यस सम्बन्धी राष्ट्र बैंकले पनि वृहत् रुपमा छानबिन गरिरहेको र छानबिन प्रक्रिया धेरै अगाडि बढिसकेको शाखा प्रबन्धक ठाकुरले जानकारी दिए। खाताधारीले दिएको उजुरीको आधारमा खाताबाट रकम के कसरी चोरी भएको भन्ने विषयमा छानबिनका लागि सोमबार नेबैलि मलंगवा शाखालाई पत्र पठाइसकेको जिल्ला प्रहरी कार्यालय मलंगवाले बताएको छ । पछिल्लो समय इन्टरनेटको माध्यमबाट हुने अपराधहरु बढिरहेका छन् । पछिल्लो समय सेवा दिने प्रतिष्पर्धाको नाममा बैंकहरुले मोबाइल बैंकिङ सेवा दिँदै आएका छन् । तर सेवा दिने अनि सेवा लिने सुरक्षाको विधि बैंकहरु र स्वयम् सेवाग्राहीहरुले पनि नअपनाउँदा विभिन्न अपराधिक घटनाहरु बढिरहेको छ ।

Comment


Related News

Latest News

Trending News