राजविराज । नेपाल आदिबासी जनजाति महासंघ मधेश प्रदेश समवन्य परिषदको अध्यक्षमा मनोज सिंह दनुवार चयन भएका छन् ।
जनकपुरधाममा मंगलबार नेपाल आदिबासी जनजाति महासंघ मधेश प्रदेशको सम्पन्न प्रथम अधिबेशनले दनुवाको नेतृत्वमा ३१ मधेश प्रदेश समवन्य परिषद गठन गरेको हो । नव गठित समितिको उपाध्यक्षहरुमा कमल बहादुर पिठाकोटे मगर, दिल कुमारी चौधरी, भुवन राई, जमुना भुजेल, मोहन बहादुर माझी चयन भएका छ्न । यसैगरी समितिको मुख्य सचिबमा दुर्गाहरी ग्यावा तामाङ, सचिबमा छोईसल घ्लान तामाङ, विजय रंजितकार, तारा सुनुवार, बलिराम चौधरी थारु, दिपु बोट चयन भएका छ्न । सदस्यहरुमा पदम कुमारी राना मगर, धर्मेन्द्र कुसबडिया, रविन्द्र लाल उराँव, मनुमाया मोक्तान तामाङ, सुनिता कुमारी सिंह दनुवार, जीवन भुजेल सपना राई, रुद्र बुर्जा मगर रहेका छ्न ।
पदेन सदस्यहरुमा सप्तरी जिल्ला अध्यक्ष बृजमान तामाङ, सिराहा अध्यक्ष डेनोक मोक्तान तामाङ, धनुषा जमुना भुजेल, महोत्तरी सन्तराज तामाङ, सर्लाही बुद्धि बहादुर सुनुवार, रौतहटबाट नरेन्द्र राना मगर, बाराबाट रामदास धजु नेवार र पर्साबाट सोम लामा तामाङ चयन भएको निर्वाचन मण्डलका संयोजक गोविन्द छ्न्त्यालले जानकारी दिए । नव गठित समितीलाई नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले सपथग्रहण गराएका छ्न । निर्वाचन मण्डल सदस्यहरुमा अर्जुन योन्जन तामाङ र रोजलिन बछार थारु रहेका थिए ।

