अपडेट 
२०७८ माघ २६, बुधबार ११:५५

वीरगञ्ज महानगरपालिकामा आजदेखि औपचारिक रुपमा विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएका छन् । वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले बुधबारदेखि विद्यालय सञ्चालनमा आएको जानकारी दिएको छ ।

वीरगञ्जमा कोरोना संक्रमणको दर घट्दै गएकोले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगिएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

यसअघि कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै पुस २८ गतेदेखि नै १२ वर्षमुनिका सबै विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नगर्न महानगरपालिकाले सूचना जारी गरेको थियो । बाँकी विद्यार्थीहरुको हकमा माघ ७ गतेभित्र परीक्षा लिइसक्न निर्देशन गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News