२०७८ माघ २६, बुधबार १७:३१

मधेश प्रदेशमा थप एक विघेयक पारित भएको छ । बुधवार बसेको प्रदेशसभा बैठकमा मधेश प्रदेश सरकारले जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न ल्याएको विधेयक प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ ।

मधेश प्रदेश सरकारले प्रदेश भित्रको सार्वजनिक महत्वको विषयमा जाँचबुझ गर्न आयोगको गठन सम्बन्धी बिधेयक ल्याएका थिए । जाँचबुझ आयोगमा अदालतका पूर्व न्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा पूर्व सचिव वा उपसचिव र सम्बन्धीत विषयका विज्ञ सहित अन्य बढीमा दुईजना सदस्य रहनेछन् । आयोगका लागि जनशक्ति र बजेटको व्यवस्थगा भने प्रदेश सरकारले गर्नेछन् ।

प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पेश गरेको उक्त विधेयक माथि छलफल पश्चात सर्वसम्मतले पारित भएको सभामुख सरोज यादवले प्रदेशसभामा जानकारी गराएका थिए ।

Comment


Related News

Latest News

Trending News