अपडेट 
२०७८ माघ २७, बिहीबार ०७:४१

मलंगवा । सर्लाही जिल्लाको सीमावर्ती भारतीय बजारहरुमा दैनिक उपभोग्य खाद्य सामग्री लगायत अन्य आवश्यक सामानहरु किनमेल गर्न जाने नेपाली उपभोक्ताहरु ठगिने गरेको खुलासा भएको छ ।

त्यहाँका व्यापारीहरुले नेपाली उपभोक्ताहरुलाई खुलेआम ठगिरहँदा पनि कुनै निकायको ध्यानाकर्षण हुन सकेको छैन । भारतीय नागरिकहरुसंग ठगी नगर्ने तर नेपाली नागरिकहरुसंग खुलेआम ठगी गर्ने गरेको पाइएको छ । पारीका व्यापारीहरुबाट किनमेलका लागि पुग्ने ग्राहकहरुबाट तौल तथा मुल्यमा खुलेआम ठग्ने गरेको छ । दैनिक उपभोग्य खाद्यबस्तु, मालसामान खरिदारीका लागि जिल्लाको सदरमुकाम मलंगवा सहित ग्रामीण भेग तथा पूर्व पश्चिम राजमार्ग आसपास सम्मका उपभोक्ताहरु सस्तो पाउने प्रलोभनमा परी किनमेलका लागि सीमापरीका भारतीय बजार हनुमान चोक (नेपाल–भारत बोर्डर), सोनवर्षा, कन्हौली(भाँडसर) र मेजरगंज सम्म पुग्ने गरेका छन् । दाल, चामल, चीनी, तेल ,आलु,प्याज, लहसुन जस्ता खाद्य वस्तुहरु तुलनात्मक रुपमा नेपाली बजारमा भन्दा भारतको बजारमा केही सस्तो लागे पनि वस्तुको गुणस्तर र नापतौलका बारेमा कमै उपभोक्ताले ध्यान दिने गरेको पाइन्छ । कतिपय विक्रेताले एक केजीमा झण्डै सय ग्रामसम्म कम तौलमा सामान बिक्री गरी नेपाली उपभोक्ता ठग्ने गरेको पनि पाईएको छ ।

सस्तोमा सामान पाइने लोभमा गएका उपभोक्ताहरु उताबाट किनमेल गरेर फर्किएपछि घर पुगेर किनेको खाद्य वस्तुको पुनः तौल गरेर हेर्दामात्र आफू ठगिएको थाहा पाउँछन् ।आफू पनि कयौंपटक यसैगरी उताका व्यापारीहरुबाट ठगिएको मलंगवा–२ की गृिहणी मुक्ता यादवले गुनासो गरेकी छिन् । उनी आफूले नेपाल–भारतको बोर्डरमा रहेको हनुमान चोक स्थित बजारबाट उपभोग्य सामग्रीहरुको खरिदारी गर्ने गरेको बताइन् ।पहिला किनेर ल्याएको सामग्रीहरु सिधै प्रयोगमा ल्याउँथे तर मेरो एकजना छिमेकीले उताबाट किनेर ल्याएको सामग्रीको पुनः तौल गरेर जाँच्न सल्लाह दिएपछि आफूले पनि घरमा जोखेर हेर्दा प्रत्येक सामानको तौलमा सय ग्राम कम रहेको पाएको उनले बताइन् । पसलमा ग्राहकहरुको भीड र ग्राहकहरुको हतारमा सामान किनेर फर्कने मनोस्थितिले गर्दा पनि व्यापारीले ग्राहकलाई कम तौलमा गुणस्तरहीन सामान बिक्री गर्ने गरेको मलंगवा–८ का किराना व्यापारी संतोष सिंहले बताए । नेपाली उपभोक्ताहरु सामान खरिद गर्नका लागि भारतीय बजार किन जान्छन् भनी जो कोही सँग प्रश्न गर्दा उनीहरूको एउटै जवाफ हुन्छ उता सामान सस्तोमा पाइन्छ । तर सस्तो पाइने लोभमा दिनदहाडै आफू ठगिएको भन्ने थाहा हुँदैन ।

भारत तर्फका अधिकांश पसलेहरु डिजिटल विद्युतीय तौल मेसिनको प्रयोग गरेका छन् । तर ती सबै तौल मेसिनमा केही गडबडी गरेर सय देखि डेढ सय ग्रामसम्म कम बनाइएका हुन्छन् । झट्ट हेर्दा सही तौल भएको देखिए पनि प्रति किलोमा सयदेखि डेढ सय ग्राम कम हुने गरेको छ । भारतीय प्रशासनले बजार अनुगमन तर्फ चासो नदेखाएकै कारण व्यापारीहरुको मनोबल बढेको छ । उताका व्यापारीले नेपाली उपभोक्तालाई मात्र नभई भारतीय उपभोक्ताहरु अर्थात आफ्नै देशका जनताहरुलाई पनि ठग्ने कार्य गरेका छन् ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News